काठमाडौं । ग्लोबल आइएमी बैंकले जनता बैंकलाइ आफुसँगै समाहित गरेसँगै मुलुककै ठुलो बाणिज्य बैंक बन्न सफल भएको छ । एक आपसमा बैंकहरु मर्ज हुने प्रवृतीले संख्यात्मक आधारमा बाणिज्य बैंकहरु घट्दै गएका छन । भने दुइ वा दुइ भन्दा बढि वित्तीय संस्था गाभिनाले तिनिहरुको पहुँचमा भने बिस्तार हने गर्दछ । हालै बिग मर्जरमा गएका ग्लोबल तथा जनता बैंक एक नम्बरको वाणिज्य बैंक हुनुमा धेरै संस्थासँगको सहकार्य रहेको छ ।
ग्लोबल आइएमइले अहिलेसम्म १० संस्थालाइ गाभेको थियो। त्यस्तै जनताले ६ संस्थालाइ आफुमा गाभेको थियो । १८ वटा वित्तीय संस्थाहरु गाभिएपछि मात्र मुलुककै ठुलो बन्न सफल भएको छ ।
ग्लोबलसँग जनता गाभिएपछि हाल ग्लोबलको कुल पूँजी २४ अर्बको पुगेको बैंकले जनाएको छ। साथै बैंकको कुल निक्षेप २१७ अर्ब तथा ऋण १९४ अर्ब पुगेको छ।
वित्तीय क्षेत्रमा ग्लोबल आइएमइ बैंकलाई ‘मर्जर किङ’ मानिन्छ । अन्य वित्तीय संस्थालाइ सहजै आफुमा समाहित गराउन सक्ने भएकाले नै ग्लोबलका अध्यक्ष चन्द्र ढकाललाई ‘मर्जर ढकाल’ भनेरसमेत भन्ने गरिएको छ । ग्लोबलले जनतालाइ गाभ्नुभन्दा पहिले नै क वर्गको कमर्ज एण्ड ट्रस्ट बैंकलाई पनि गाभेको थियो ।
ठुलो बाणिज्य बैंक भएसँगै ग्लोबलको मुलुकभर ३०० हाराहारी शाखा कार्यालयहरु रहेका छन। त्यस्तै २९५ एटिएम र ३३ एक्सटेन्सन काउन्टर रहेका छन् । बैंकका तीन देशमा प्रतिनिधि कार्यालय छ भने ३२ सय कर्मचारी पुगेको बैंकले जनाएको छ ।
आज एक कार्यक्रमका बिच अर्थमन्त्री डा. युवराज खतिवडाले एकिकृत कारोबारको उत्घाटन गर्नुभएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया