काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली पौडीबाज गौरिका सिंहले अर्को स्वर्ण जितेकी छिन् । गौरिकाले आज भएको २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेकी हुन् ।
ओलम्पियन गौरिकाले २ मिनेट १७.७३ सेकेण्डको समय निकाल्दै स्वर्ण जितेकी हुन् ।
योसँगै गौरिकाले लगातार दोस्रो दिन स्वर्ण जितेकी हुन । बिहीबार गौरिकाले महिला २०० मिटर फ्रिस्टाईलमा स्वर्ण जितेकी थिइन् ।
गौरिका सागको पौडीमा व्यक्तिगत विधामा दुई स्वर्ण जित्ने पहिलो खेलाडी समेत बनिन् ।
अब गौरिकाले ६ स्पर्धामा प्रतिस्पर्धा गर्ने छिन् ।गौरिकाले स्वर्ण जितेसँगै नेपालको स्वर्ण संख्या ४१ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया