काठमाडौं – शारीरिक अशक्तता भएका व्यक्तिले सामान्य मानिसजस्तो कार्यसम्पादन गर्न सक्दैनन् भन्ने सोचाइ समाजमा हावी छ । त्यसैले त संसारभरि नै शारीरिक अशक्तता भएका व्यक्तिहरुको हकअधिकारका निमित्त लड्ने अभियान्ता तथा संस्थाहरु च्याउसरि उम्रिएका छन् । अझैपनि अपाङ्गता हुनुले कुनै मानिसलाई मान्छे हुनबाट रोक्दैन, अपाङ्गता भएका व्यक्तिहरु पनि समाजमा समान व्यवहारका हकदार हुन् भन्ने जस्ता ससाना कुराहरु बुझाउन त जनचेतना कार्यक्रम गर्नुपर्ने अवस्था भएको वेला कुनै राष्ट्रपति नै शारीरिक अशक्तता भएका व्यक्ति छन् भन्ने कुराले अचम्ममा पार्न सक्छ ।
हो, सान मेरिनो भन्ने राष्ट्रका पूर्व क्याप्टेन रिजेन्ट मिर्को टोमासोनी शारीरिक रुपमा अशक्त छन् । क्याप्टेन रिजेन्ट अर्थात् त्यस राष्ट्रका राष्ट्रप्रमुख ।
सेन मेरिनो दक्षिण यूरोपेली राष्ट्र हो जसलाई चारैतिरबाट इटालीले घेरेको छ । ६१ वर्ग किमि क्षेत्रफल भएको यो देश विश्वकै पाँचौं सानो देश हो ।
सन् १९६९ मा जन्मिएका मिर्कोले २ पटकसम्म सेन मेरिनोको राष्ट्र प्रमुखको कार्यभार सम्हाले । पहिलो पटक २००७ अक्टोबर देखि २००८ अप्रिलसम्म र दोस्रो पटक अक्टोबर २०१८ देखि अप्रिल २०१९ सम्म । जति समय उनले राष्ट्रप्रमुखका रुपमा काम गरे त्यो समय उनले एक सामान्य व्यक्तिसरह प्रभावकारी ढङ्गले नेतृत्व गरे । फेरि उनले पाएको राष्ट्रप्रमुखको जिम्मेवारी सहानुभूतिको ‘प्रसाद’ पनि थिएन । डेढ दशक समय राजनीतिमा समर्पण गरेर प्राप्त भएको उपलब्धि हो त्यो ।
त्यसो त मिर्को जन्मजात शारीरिक रुपमा अशक्त भने होइनन् ।
चौध वर्ष अघि जब मिर्को एक पुलिस अफिसरको रुपमा कार्यरत थिए, उनको एक दुर्घटना भयो । त्यसपछि उनले फेरि कहिल्यै आफ्नो खुट्टामा उभिन सकेनन् ।
यस घटनाले उनलाई आफूजस्तै अपाङ्गता भएका व्यक्तिहरुका निमित्त काम गर्ने र उनीहरुलाई अवसर सिर्जना गरिदिने किसिमको संस्था स्थापना गर्ने हौसला प्रदान ग-यो जसको परिणामस्वरुप उनले अटिभा मेन्टे नामक संस्था स्थापना गरे । संस्थामा अहिले ५ सय भन्दा बढी सदस्यहरु छन् जो स्वतस्फुर्त यस क्षेत्रमा आवद्ध भएका हुन् ।
यस संगठनको स्थापना पछि, मिरकोले निर्णय गरे कि यो पर्याप्त छैन । उनले सोचे कि उनी राजनीतिमा लाग्न सक्छन जुन उनको प्रयासहरु अझ प्रभावकारी हुन सक्छ।
यस संगठनको स्थापना पछि मिर्कोले अनुभूति गरे कि यो पर्याप्त छैन । संस्थाको संस्थापकको हैसियतले भन्दा राजनीतिक हिसाबले अघि बढ्ने हो भने आफ्नो कामले बढी प्रभावकारिता हासिल गर्न सक्छ र आफ्नो योजना झन् बढी मानिसहरुसम्म पुग्नसक्छ ।
उनले राजनीतिक यात्रा शुरु गरे ।
सन् २००६ मा मिर्कोले पहिलो पटक चुनावमा भाग लिए र देशका प्रमुखका रुपमा चुनिए । आफ्नो कार्यकालमा उनले धेरै परिवर्तनहरु ल्याए । विशेषतः अपाङ्गता भएका व्यक्तिहरुका निमित्त ।
उनी राष्ट्रप्रमुख हुँदा सेन मेरिनोमा ५ देखि ६ वटा संस्थाहरु थिए जो अपाङ्गता भएका व्यक्तिहरुका निमित्त छुट्टाछुट्टै काम गर्थे । उनले ती सबै संस्थाहरुलाई सहकार्य गरेर अघि बढ्न पहल गरे ।
त्यस्तै, उनी नेतृत्वमा आउँदा सेन मेरिनोले ठूलो आर्थिक संकट पनि झेलिरहेको थियो जसकारण विकास निर्माणका कार्य सम्पादन गर्न निकै कठिन भएको थियो । जनतालाई प्रदान गर्दै आएको सुखसुविधासमेत कटौती गर्नुपर्ने अवस्था थियो त्यसवेला । यसरी कठिन अवस्थामा राष्ट्रको नेतृत्व गरेका उनी सेन मेरिनोका प्रथम जनताद्वारा चुनिएका शारीरिक अशक्तता भएका राष्ट्रप्रमुख हुन् ।
अहिले आफ्नो ‘रिटायर्ड’ जीवनमा उनले सम्पूर्ण समय आफ्नो संस्थालाई दिइरहेका छन् ।
- एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया