शेयर कारोबारमा नेपाल लाइफ अग्रणी, बढ्यो खरिदकर्ताको चाप

काठमाडौं । जीवन विमाका हिसावले अग्रणी मानिएको विमा कम्पनी नेपाल लाइफ इन्सुरेन्स अहिले शेयर कारोबारको हिसाबमा पनि आफुलाइ अगाडी बढाएको छ । दिन प्रतिदिन कम्पनीको शेयर मुल्यमा बृद्धि भइरहेको छ । त्यससँगै लगानीकर्ताहरु पनि बृद्धि भएको छन ।
केही समय अघि मात्र प्रतिकित्ता शेयरको मुल्य ८ सय रहेको थियो । करिब पाँचदिनको कारोबारमा शेयर प्रतिकित्ता ९ सय पुगेको छ ।
अघिल्लो हप्ता शेयर कारोबारका हिसाबले टप थ्रीमा नेपाल लाइफ पर्न सफल भएको थियो । १ करोड ४२ लाख रुपैयाँको शेयर खरिद बिक्री भइ गत आइतबार नेपाल लाइफ उच्च कारोबार गर्न सक्ने कम्पनीमा पर्न सफल भएको थियो ।

त्यस्तै सोमबार १ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भइ दोस्रो स्थानमा गएको थिय । त्यस्तै मंगलबार १ करोड ३९ लाख तथा बुधबार २ करोड ८२ लाखसहित तेस्रो स्थानमा रहेको थियो । कारोबारमा दिनानुदिन उल्लेख्य सुधार हुँदा साताको अन्तिम दिन कम्पनीको शेयर ३ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएर पहिलो स्थानमा पर्न सफल भएको थियो ।

कम्पनीको शेयरको मुल्यमा समेत उल्लेख मात्रामा बढेको छ । भने एक हप्ताको समयमा कारोबार पनि ह्वात्तै बढेको छ । एक हप्तामा नै नेपाल लाइफको शेयर १० करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।नेपाल लाइफको शेयर मुल्यमा बृद्धि भएसँगै नेपाल लाइफको शेयर खरिदकर्ताको चाप देखिन थालेको छ ।

आर्थिक वर्ष २०७४र७५ मा नेपाल लाइफले २५ प्रतिशत बोनस बाढेको थियो । भने २३।५० प्रतिशत नगद गरी कुल ४८।५० प्रतिशत लाभांश वितरण गरेको थियो । साथै कम्पनले यस वर्ष पनि बढि लाभांश पाइने अपेक्षामा पनि पनि लगानीकर्ता बढेको ब्रोकरहरुको भनाइ रहेको छ । विमा कम्पनीको शेयर कारोबारका हिसाबमा केही कम्पनीले मात्र एकछत्र राज गरेको पाइन्छ। करिब ६० प्रतिशत हिस्सा नेपाल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्यारेन्स कर्पोरेसन ९नेपाल० ले मात्र आओगटेका छन् । । त्यसैले पनि ती कम्पनीको मूल्य उच्च हुन पुगेको हो ।

लाइफ लाइफले विमाको क्षेत्रमा नभएर शेयर कारोबारका हिसाबले पनि बढि हुँदै गएका कारणपनि कम्पनी प्रति कम्पनी प्रति लगानीकर्ताको आकर्षण बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?