युनिभर्सल कलेजका विद्यार्थी र प्रशासनबिच भयो यस्तो सहमती

काठमाडौं ।युनिर्भसल मेडिकल कलेजका विद्यार्थी र कलेज प्रशासनबीच ६ बुँदे समझदारी भएको छ । मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क समायोजन गर्ने वा फिर्ता गर्नुपर्ने मागसहित विद्यार्थीहरु आन्दोलत रहेका थिए ।

उक्त सहमति अनुसार शैक्षिक वर्ष ०७५/७६ विद्यार्थीले यदि पहिलो किस्ताको शुल्क र केही अतिरिक्त शुल्कसमेत तिरिसकेको हकमा त्रिवि रजिस्ट्रसन शुल्क, काउन्सिल रजिस्ट्रेसन शुल्क सम्बन्धित निकायले तोकिएबमोजिमको रकम कटौती गरी बाँकी हुन जाने रकम दोस्रो किस्तामा समायोजन गरिने कुरा उल्लेख रहेको छ ।

साथै शैक्षिक वर्ष ०७४/७५ मा यदि विद्यार्थीहरूले पहिलो, दोस्रो र तेस्रो किस्ताको रकम र अन्य शीर्षकमा थप रकम बुझाइसकेका रहेछन भने त्रिवि रजिष्टेसन शुल्क, काउन्सिल रजिष्टेसन शुल्क सम्वन्धित निकायले तोकिए बमोजिमको रकम कटौती गरी बाँकी हुन जाने रकम आजैका मितिबाट समायोजन फिर्ता गर्ने प्रक्रिया शुरु गरिने भन्ने सहमतीपत्रमा उल्लेख रहेको छ ।

उक्त सहमती शनिबार राति १२ बजे भएको थियो । अजयकुमार पीएस तथा सन्तोषकुमार बीएनले कलेजका तर्फबाट हस्ताक्षर गरेको छन् भने विद्यार्थीका तर्फबाट अशोक छत्कुली, रूद्रनारायण शाह, राजेश पौडेल, सुभाष झालगायत १५ विद्यार्थीहरुले एकेवद्धता जनाउदै शस्ताक्षर गरेको थिए ।
शिक्षा मन्त्री गिरिराजमणि पोखरेलका स्वकीय सचिव पुरन केसीको उपस्थितिमा विद्यार्थी र कलेज प्रशासनबीच सहमती भएको थियो ।

विद्यार्थी, कलेज प्रशासन तथा मन्त्रालयका तर्फबाट भएको सहमतिपछि विद्यार्थीहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता गर्नुपर्ने उल्लेख रहेको छ । साथै कलेजले शैक्षिक प्रशासनिक एवं प्राज्ञिक क्रियाकलाप सञ्चालन गर्ने पनि सहमती भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?