गुणकारी लसुन : जाडोमा झनै लाभदायी, रुघाखोकी पार्छ छूमन्तर

काठमाडौं । भान्साको छेउमा कहिल्यै नछुट्ने एक चिज हो, लसुन । जुन हाम्रो दैनिक प्रयोग गर्छौ । हामीमध्ये अधिकांशले यसलाई तरकारीको स्वादको लागि प्रयोग गर्छौ । केहिले ग्याष्टिकको ओखतिको रुपमा पनि प्रयोग गर्छन् । तर धेरैलाई गुणकारी लसुनका फाईदाबारे थाहा नै छैन । धन्दा नमान्नुहोस् लोकपथ डटकमले गुणकारी तत्वयुक्त लसुनको गुण प्रयोग र दोषबारे केहि समाग्री संकलन गरेको छ ।

– लसुनले शरिरमा गर्मी पैदा गर्ने भएका कारण चिसो मौसममा यसको प्रयोग निकै फाइदाजनक हुन्छ ।
– लसुन चपाएर खाँदा पिरो भएर पेट पोलेको जस्तो हुन्छ भने खाली पेटमा लसुनलाई क्यापसुल झैं खान सक्नुहुन्छ ।
-बिहान उठ्नेबित्तिकै नियमित एक केस्रा लसुनलाई मन तातो पानीसँग खाने गर्नाले ग्यास्टिकको समस्या कम हुँदै जान्छ।
– ल्सुनको नियमित सेवनले भोक जगाउनुको साथै पाचन प्रणालीमा पनि सुधार ल्याउँछ ।
– पायल्स, कब्जियत, कानको दुखाई, उच्च रक्तचाप, अरुचीमा लसुन निकै उपयोगी हुन्छ ।
– लसुन पिसेर त्यसको लेप कन्सीरीमा लगाएमा कपाल दुखेको आराम हुन्छ ।
-खानेकुरामा अरुची हुनेहरुले नियमित यसको सेवन सुरु गरिहाल्नुहोस् ।

-लसुनले रोग प्रतिरोधी क्षमता बढाउने भएकोले हरेक प्रकारको संक्रमणबाट जोगीन लसुनको प्रयोग निकै उत्तम हुन्छ ।

-रगत बाक्लो भएकाहरुको लागि पनि लसुन निकै उपयोगी हुन्छ ।
-उच्च रक्तचापका बिरामीले दैनिक लसुन सेवन गरे यसले रक्तचापलाई नियन्त्रणमा ल्याउँछ । तर रगत पातलो बनाउने औषधी सेवन गरिरहेकाहरुले यसको सेवन गर्नुअघि चिकित्सकको परामर्श लिर्नैपर्छ ।
-लसुनले मुटु रोग र स्टकबाट बचाउँछ ।
-दाँत दुखाईमा पनि फाइदाजनक छ ।
-गर्भावस्थामा फाइदाजनक हुन्छ ।
-यसले रगत पनि सफा गर्छ
-पुरुषको प्रजनन शक्ति बढाउँछ ।
-जोर्नीको दुखाई कम गर्छ ।

तर होस पुर्याउँनुहोस् है !

लसुन सेवन गरेपछि त्यसको साइड इफेक्ट हुन सक्छ । जस्तो कि पिरो भएर मुटु पोलेजस्तो हुनु, सुन्निने, पेट फुल्ने, ग्याष्ट्रिक हुने, पेटको खराबी हुने, सास गन्ध आउने आदी । यसका अलावा सर्जरी गर्न लागेको व्यक्तिले यसको प्रयोग गर्नुहुँदैन । आँखा पाकेको व्यक्तिले यसको प्रयोग गर्नुहुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?