काठमाडौं । कास्की २ को उपचुनाव विजयी भएकी सत्तारूढ नेकपाकी विद्या भट्टराईले सामाजिक सञ्जालमा स्टाटस राख्दै चुनावलाई सफल बनाएकोमा सबैप्रति आभारसहित धन्यवाद् व्यक्त गरेकी छिन् ।
प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका खेमराज पौडेललाई ८ हजार ४ सय ९ को मतले पराजित गर्दै विजयी भएकी उनले लेखेकी छिन्, “लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव निर्वाचनलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न सहयोग पुर्याउनु हुने सबै मतदाता, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्की , गण्डकी प्रदेश कमिटी ,केन्द्रिय कमिटी , अमूल्य मतदान गर्नुहुने कास्की -२ का जनसमुदाय, सुरक्षाकर्मी, राष्ट्रसेवक, लगायत पर्यवेक्षण रअनुगमनमा सहभागी सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।प्रचारप्रसारमा महत्त्वपूर्ण सहयोग पुर्याउनु हुने सन्चारजगत,मिडिया हाउस , पत्रकार मित्रहरू र आम जनसमुदायप्रति आगामी दिनमा थप सहयोग र निरन्तरताको अपेक्षा सहित हार्दिक अभिबादन एबम हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु ।”
उनी २४ हजार ३ सय ९५ मत ल्याएर विजयी बनेकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया