काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालको स्वर्ण संख्या ४५ पुगेको छ । पदक तालिकामा भने भारतको अग्रता कायम छ ।
अहिलेसम्मको मेडल तालिकामा भारते १३२ स्वर्ण, ७९ रजत र ४१ कास्य जितेको छ भने नेपालले ४५ स्वर्ण, ४४ रजत र ७६ कास्य पदक जितेको छ । त्यसैगरी, श्रीलंकाले ३६ स्वर्ण, ६८ रजत र ९३ कास्य जितेको छ भने पाकिस्तान २८ स्वर्ण, ३४ रजत र ४३ कास्य सहित चौथो स्थानमा छ ।
त्यसैगरी, बंगलादेशले अहिलेसम्म ८ स्वर्ण, २६ रजत र ६६ कास्य जितेको छ । यस्तै माल्दिभ्सले १ स्वर्ण, २ कास्य जितेको छ भने भुटानले ९ कास्यपदक जितेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया