काठमाडौं -भारतको बारेमा मेरा तीनवटा अवधारणा छन् । तीनहजार वर्षको इतिहासमा संसारका विभिन्न भागबाट हामीमाथि पटकपटक आक्रमण भए । हाम्रो जमिनमा कब्जा जमाइयो । हाम्रा विचार नियन्त्रित गरिए । सुरुमा अलेक्जेन्डर, त्यसपछि ग्रिक, टर्कीस्, मुगल, पोर्चुगिज, ब्रिटिस, फ्रेन्च, डच– सबैले पालैपालो हामीलाई लुटे, हाम्रा सामानहरू चोरे । हामीले त अरु मुलुकमा कहिल्यै त्यसो गरेनौँ । अरूलाई आफ्नो अधीनमा राखेर विजयको खुसी मनाउने काम हामीबाट भएन । अर्काको जमिन, उनीहरूको संस्कृति र इतिहासमा कब्जा जमाएर आफ्नो जीवनशैली थोपर्ने कामलाई हामीले सँधै अस्वीकार ग¥यौँ । किन ? किनकि हामी अरुको स्वतन्त्रतालाई सम्मान गर्छौँ । त्यसैले मेरो पहिलो धारणा भनेको ‘स्वतन्त्रता’ हो । भारतले आफ्नो यो पहिलो अवधारणा सन् १८५७ मा लिएको हो भन्ने मेरो विश्वास छ । त्यतिखेर हामीले स्वतन्त्रताका लागि युद्ध सुरु गरेका थियौँ । त्यस्तो स्वतन्त्रता, जहाँ हामी सुरक्षित रुपमा बाँच्न, हुर्कन र बढ्न सक्छौँ । जबसम्म हामी स्वतन्त्र हुँदैनौ, हामी सम्मानित हुन सक्दैनौँ ।
मेरो दोस्रो अवधारणा हो विकास । ५० वर्षदेखि हामी विकासोन्मुख मुलुकका रुपमा चिँनिदै आएका छौँ । अब हामीले आपूmलाई विकसित राष्ट्रको रुपमा चिनाउनुपर्छ । कुल गार्हस्थ उत्पादनका आधारमा हामी विश्वका उत्कृष्ट ५ राष्ट्रको सूचीमा पर्छौँ । हाम्रो देशको अधिकांश क्षेत्रमा १० प्रतिशतको आर्थिक बृद्धि भइरहेको छ । हाम्रो गरिबी दर क्रमशः घट्दैछ । आज हामी आफ्नो उपलब्धीलाई विश्वब्यापी रुपमा चिनाउन सफल भएका छौँ । तैपनि हामीमा आपूmलाई विकसित देशका नागरिक हौँ भन्ने आत्मविश्वास र आत्मनिश्चयको कमि छ । के यो गलत होइन ? कलामले लेखेका छन्, तपाईँ आफ्नो देशको लागि दैनिक १० मिनेट समय दिन सक्नुहुन्छ ? तपाईँ भन्नुहुन्छ, हाम्रो सरकार, कानुनदेखि हरेक चिज खतम छ । तर तपाईँले यी समस्या सुल्झाउन के गर्नुभयो ?
भारत विश्वको शक्तिराष्ट्र बन्नुपर्छ । यो मेरो तेस्रो अवधारणा हो । किनकि जबसम्म भारत शक्तिराष्ट्रका रुपमा उदाउँदैन, हामीलाई कसैले सम्मान गर्दैन । शक्तिले मात्र शक्तिको सम्मान गर्छ । यसको अर्थ हामी सैनिक शक्तिमा मात्र शक्तिशाली हुने होइन, आर्थिक रुपमा पनि हामीले आपूmलाई शक्तिशाली बनाउनु पर्छ । मैले तीन महान व्यक्तिसँग काम गर्ने अवसर पाएको थिएँ, यो मेरो ठूलो भाग्य हो— डिपार्टमेन्ट अफ स्पेसका डा. बिक्रम साराभाई, प्राध्यापक सतीश धवन र न्युक्लियरका पिता डा. ब्राम्हप्रकाश । यी तीन व्यक्तित्वसँग निकट रहेर काम गर्ने अवसर पाउनु मेरो जीवनको ठूलो भाग्य थियो ।
म आफ्नो जीवनका चारवटा कोशेढुङ्गा देख्छु : मैले आफ्नो २० वर्ष आई.एस्.आर्.ओ. मा बिताएँ । भारतले अन्तरिक्षमा गरेको पहिलो उडान ‘एस्एल्भी–३’ मा मलाई आयोजना निर्देशकका रुपमा काम गर्ने अवसर दिइएको थियो । त्यतिखेर उडान गरिएको एक अन्तरिक्ष यानको नाम ‘रोहिणी’ थियो । त्यतिखेरको अनुभवले मेरो वैज्ञानिक जीवनमा धेरै महत्वपूर्ण भूमिका खेलेको छ । त्यहाँपछि म ‘डी.आर.डी.ओ.’ मा संलग्न भएँ, र भारतको मिसाइल कार्यक्रममा आवद्ध हुने अवसर पाएँ । त्यहाँ रहँदा सन् १९९४ मा जब ‘अग्नि’ ले लक्ष्य पूरा ग-यो, त्यो मेरो दोस्रो खुसीको क्षण थियो । सन् २००७ को मे ११ र १३ मा भएको आणविक परीक्षणमा आणविक ऊर्जा विभाग र डीआर्डीओको ठूलो सहकार्य रहेको छ । यो तेस्रो खुसीको क्षण हो । यी आणविक परीक्षणमा आफ्नो समुहसँग सामेल हुन पाएकोमा र संसारलाई भारत अब विकासोन्मुख देश होइन भनी देखाउन पाएकोमा मलाई खुसी लागेको छ ।
हामीले अब ‘अग्नि’ का लागि नयाँ संरचना तयार पारेका छौँ, नयाँ तत्व विकास गरेका छौँ, जसलाई ‘कार्बन–कार्बन’ भनिन्छ । यो अत्यन्त हल्का हुन्छ । यसैका आधारमा हामीले अर्थोसिस क्यालिपर (हिँड्न सहज बनाइदिने उपकरण) तयार पा¥यौँ । आफ्नो खुट्टामा तीन किलोग्रामको भार झुन्ड्याएर हिँडिरहेका बालबालिकाहरूलाई यस्ता क्यालिपरको सुविधाले अथाह खुसी दिएको थियो । त्यो मेरो चौथो खुसीको पल थियो ।
हामीकहाँ सञ्चारमाध्यम किन यति धेरै नकारात्मक छन् ? किन भारतीय आफ्नो सामथ्र्य र उपलब्धिलाई स्वीकार गर्न लाज मान्छौँ ? हाम्रो देश यति महान छ । हामीसँग यति धेरै सफलताका कथा छन्, तैपनि हामी त्यसलाई स्वीकार गर्न चाहँदैनौँ ।
हामी दूध उत्पादन गर्ने पहिलो हौँ ।
हामीले पहिलोचोटी रिमोट नियन्त्रित अन्तरिक्ष यानको प्रक्षेपण गरेका हौँ ।
हामी दोस्रो ठूलो गहुँ उत्पादक हौँ ।
हामी दोस्रो ठूलो धान उत्पादक हौँ ।
डा. सुदर्शनलाई हेरौँ, उनले परम्परागत गाउँलाई आफैँ बाँच्न र आफैँ अघि बढ्न सक्षम बनाइदिए । यहाँ यस्ता उपलब्धि लाखौँ छन्, तर हाम्रा सञ्चारमाध्यम असफलता, ध्वंस र नकारात्मक समाचार मात्र खोजिरहेका छन् ।
एकपटक म तेलअभिभमा इजरायली पत्रिका पढिरहेको थिएँ । ती दिन त्यहाँ असंख्य आक्रमण, बमबारी र मृत्यु भइरहेका थिए । हमासले आक्रमण गरेको थियो । पत्रिकाका मुख्य पृष्ठमा एक यहुुदी व्यक्तिको तस्बीर छापिएको थियो, जसले पाँचवर्षमा आफ्नो मरुभूमि जमिनलाई हराभरा बगैँचामा परिणत गरेका थिए । त्यो यस्तो उत्साही बनाउने तस्वीर थियो जसले सबैलाई झक्झक्याउँथ्यो । हत्या, बमबारी र मृत्युका खबर अरू समाचारसँगै भित्री पृष्ठमा छापिएका थिए । भारतमा भने हामी मृत्यु, बिरामी, आतंक र अपराधका समाचारमात्र पढ्छौँ । किन हामी यति धेरै नकारात्मक छौँ ?
अर्को प्रश्न : किन हाम्रो देशमा विदेशी सामानको चाहना तिब्र छ ?
हामी विदेशी टेलिभिजन चाहन्छौँ । विदेशी सर्ट चाहन्छौँ । विदेशी प्रविधि रुचाउँछौँ । किन हामी विदेशी सामानको तीब्र मोहमा लागेर सबै चिज आयात गरिरहेका छौँ ? के आत्मनिर्भरताबाटै आत्मसम्मान हासिल हुन्छ भन्ने हामीलाई थाहा छैन ?
म हैदरावादमा यही कुरा पढाउँदै थिएँ । एउटी १४ वर्षकी केटीले मसँग अटोग्राफ मागिन् । मैले उनको जीवनको उद्देश्य सोधेँ । उनले भनिन्, ‘म विकसित भारतमा बस्न चाहन्छु ।’ हो, उनको लागि तपाईँ–हामीले हाम्रो भारतलाई विकसित देश बनाउनु पर्छ । तपाईँले अब देखाउनै पर्छ भारत अतिकम विकसित मुलुक होइन, अतिविकसित मुुलुक हो । तपाईँ आफ्नो देशको लागि दैनिक १० मिनेट समय दिन सक्नुहुन्छ ? सक्नुहुन्छ भने तल पढ्नुहोस्, सक्नुहुन्न भने नपढे पनि हुन्छ ।
तपाईँ भन्नुहुन्छ, हाम्रो सरकार कुशल छैन ।
तपाईँ भन्नुहुन्छ, हाम्रा कानुन धेरै पुराना छन् ।
तपाईँ नगरपालिकाले फोहोर उठाउँदैन भन्नुहुन्छ ।
तपाईँ भन्नुहुन्छ, फोनले काम गर्दैन, रेल्वेलाई जोकको रुपमा उडाउनुहुन्छ, हाम्रो विमानसेवा संसारकै सबभन्दा खत्तम छ भन्नुहुन्छ, चिठी कहिल्यै पठाएको ठाउँमा पुग्दैन भन्ने गुनासो गर्नुहुन्छ । तपाईँ भन्नुहुन्छ, हाम्रो देशले कुकुरलाई खुवाइरहेको छ, यो बित्थाको खर्च हो ।
तर तपाईँले यी समस्या सुल्झाउन के गर्नुभयो ? सिंगापुर गइरहेको एक व्यक्तिको उदाहरण लिउँ । तपाई उसलाई आफ्नो नाम दिनुहोस्, उसमा आफ्नो प्रतिबिम्ब स्थापना गर्नुहोस् । जब तपाईँ विमानस्थलबाट बाहिरिनुहुन्छ, त्यहाँ तपाईँको व्यवहारमा अन्तर्राष्ट्रिय स्तर झल्किन्छ । सिंगापुरमा तपाईँ चुरोटका ठुटा सडकमा मिल्काउन सक्नुहुन्न । तपाईँ उनीहरूको भूमिगत सडकप्रति गर्व गर्नुहुन्छ । साँझ ५ बजेदेखि ८ बजेसम्म अर्काड मार्गमा यात्रा गर्न ५ डलर तिर्नुहुन्छ ।
तपाईँको पहिचान र हैसियत जस्तोसुकै भए पनि रेष्टुराँ वा सपिङ् परिसरमा तोकिएभन्दा बढी समय गाडी पार्क गर्नुपरे बाहिर आएर आफ्नो पार्किङ टिकटमा समय थप्नुहुन्छ । आफ्नो काम बीचमै छोडेर बाहिर आउनुपरे पनि त्यसबिरूद्ध केही बोल्नुहुन्न । बोल्नु हुन्छ र ?
तपाईँ दुबईमा रमदानको बेला सार्वजनिक ठाउँमा खाने आँट गर्नुहुन्न ।
तपाईँ जेदाहमा आफ्नो शिर नछोपी बाहिर निस्कने हिम्मत गर्नुहुन्न ।
तपाईँ लण्डनमा टेलिफोन एक्स्चेन्जका कर्मचारीलाई १० पाउन्ड घुस ख्वाएर आपूmले लिनुपर्ने एसटीडी र आईएसटीडी किन अरुको नाममा सार्न आग्रह गर्ने आँट गर्नुहुन्न ?
तपाईँ वाशिङ्टनमा प्रतिघन्टा ८८ किलोमिटरभन्दा तीब्र गतिमा गाडी कुदाएर ट्राफिक प्रहरीका सामुन्ने म फलानोको छोरा हूँ भन्दै फूर्ति लगाउने र २ डलर घुस दिने साहस गर्नुहुन्न ।
तपाईँ अस्ट्रेलिया र न्युजिल्यान्डको समुद्री तटमा नरिवलको जटा जथाभावी मिल्काउन सक्नुहुन्न ।
टोकियोका सडकमा तपाईँ किन पान थुक्नुहुन्न ?
बोस्टनमा तपाईँ किन आफ्नो परीक्षा अरूलाई दिन लगाउनुहुुन्न वा नक्कली सर्टिफिकेट किन्नुहुन्न ?
हामी अझै तपाईँजस्तै मान्छेको बारेमा कुरा गरिरहेका छौँ ।
तपाईँ विदेश गएर उनीहरूका प्रचलित सम्पूर्ण नियम कानुनको सम्मान गर्नुहुन्छ र पालना गर्नुहुन्छ, तर आफ्नो देशमा गर्नुहुन्न । तपाईँ भारतीय भूमिमा पाइला टेकेदेखि सडकमा कागज र चुरोटका ठुटा मिल्काउन थाल्नुहुन्छ । तपाईँ विदेशमा सम्मानित नागरिक बन्न सक्नुहुन्छ भने किन आफ्नै देशमा सक्नुहुन्न ?
मुम्बईका प्रख्यात पूर्वनगर कमिश्नर टी. नाइकरले एकचोटी अन्तर्वार्तामा भनेका थिए, ‘धनी व्यक्तिका कुकुर सडकमा जथाभावी फोहोर गर्छन् । पछि तिनै व्यक्ति सडक फोहर हुनमा सम्बद्ध अधिकारीको क्षमतामाथि प्रश्न उठाउँदै आलोचना गर्छन् । ती व्यक्ति सम्बन्धित अधिकारीले के गरुन् भन्ने चाहन्छन् । कुकुरले फोहोर गरेपिच्छे प्रत्येक चोटी कुचो लगाएर सडक सफा गरुन् भन्ने चाहन्छन् ?
अमेरिकामा यसरी कुकुरले फोहोर गर्दा मानिसले आएर सफा गर्नुपर्छ । जापानमा पनि त्यही नियम छ । के भारतीय नागरिक त्यसो गर्छन् ? उनले सही कुरा उठाएका हुन् । हामी सरकार छान्न मतदान केन्द्र जान्छौँ, तर त्यसपछि आफ्नो सम्पूर्ण उत्तरदायित्व बिर्सन्छाँैँ । हामी सबै काम सरकारले नै गरोस् भन्ने चाहन्छौँ र चूप लागेर बस्छौँ । हामी आफ्नो तर्फबाट कुनै योगदान गर्दैनौँ । हामी सडक सफा सरकारले गरोस् भन्ने चाहन्छौँ, तर आपूmचाहिँ न जथाभावी फोहोर फाल्न छाड्छौँ, न बाहिर फालिएका कागजका टुक्रा सोहोरेर भाँडोमा खसाल्छौँ । हामी रलवेले राम्रो बाथरुमको व्यवस्था गरोस् भन्ने चाहन्छौँ, तर आपूmचाहिँ बाथरुमको सही प्रयोग गर्न सिक्दैनौँ ।
हामी एयर इन्डियाले राम्रो खाना र सफा शौचालयको ब्यवस्था गरोस् भन्ने चाहन्छौँ, तर आपूmचाहिँ मौका पायो कि नियम मिच्न चुक्दैनौँ । यो कुरा जनतालाई राम्रो सेवा दिन नसक्ने भनी चिनिएका कर्मचारीलाई पनि लागु हुन्छ । जब महिला अधिकारको कुरा आउँछ, दाइजो, बालिका तथा अन्य ज्वलन्त सामाजिक विषय उठ्छ, हामी ठूलो स्वरले विरोध गर्छौँ, तर आफ्नै घरमा त्यसको अनुसरण गर्दैनौँ । यो प्रथा हामीले पूर्णरुपमा परिवर्तन गर्नुपर्छ । मेरो छोराले मात्र दाइजो नलिएर केही फरक पर्दैन, हामी यही भन्दै आपूmलाई सही सावित गर्न खोज्छौँ । त्यसो हो भने यस्ता कुरीति परिवर्तन गर्न को अग्रसर हुने ?
हाम्रो लागि यो प्रणालीभित्र कोको पर्छन् ? हाम्रा छिमेकी, अरु परिवार, अन्य सहर, अन्य समुदाय र सरकार– हामी सजिलै भनिदिन्छौँ । निश्चय नै तपाईँ र म पर्दैनौँ । जब यो प्रणालीमा सकारात्मक योगदान पु¥याउने समय आउँछ, हामी आफ्नो परिवारसँग सुरक्षित ठाउँमा गएर बस्छौँ र कुनै अर्कै ठाउँको अर्कै व्यक्ति आएर चमत्कार गरिदेओस् भन्ने चाहन्छौँ, वा हामी यो देश छोडेर भाग्छौँ । आफ्नो समस्यादेखि डराएर वा लाछी वा अल्छी बनेर हामी अमेरिकाको समृद्धि र त्यहाँको प्रणालीको प्रशंसा गर्दै त्यतातिर लाग्छौँ । जब न्युयोर्क असुरक्षित हुन्छ हामी बेलायत भाग्छौँ । जब बेलायतमा रोजगारी पाईँदैन, हामी खाडी मुलुकतिर लाग्छौँ । जब खाडीमा युद्ध हुन्छ हामी सुरक्षित उद्धारको माग गर्छौँ, अनि भारत सरकारले हामीलाई आफ्नै देशमा फिर्ता ल्याउँछ । हामी सबै आफ्नो देशलाई गाली गर्छौँ । कोही पनि यहाँको प्रणाली खराब छ भन्ने बुझेर यसको स्याहार सम्भार गर्ने कुरा सोच्दैन । हामीले आफ्नो चेतनालाई पैसाको बन्धक बनाएका छौँ ।
(निधन हुनुभन्दा केही समयअघि हैदरावादमा दिएको एक प्रवचनको सम्पादित र अनुदित मूल अंश)
यसअघि लोकपथबाट प्रकाशित यो सामाग्री पढ्नुभएको थियो ?
प्रेरणादायी संघर्ष पत्रिका बेच्ने केटो यसरी बने राष्ट्रपति अब्दुल कलाम
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया