एजेन्सी । न्यूजील्यान्डको उत्तरपूर्वी भेगमा ज्वालामुखी विस्फोट भएको छ । विष्फोटमा परी १ जनाको मृत्यु भएको छ । कम्तिमा १ सय मानिस फसेको आशंका गरिएको छ ।
न्यूजील्यान्डको उत्तरपूर्वी भेगको ह्वकारी पनि भनिने ह्वाईट आइल्यान्ड नामक टापुमा ज्वालामुखी विस्फोट भएको हो । स्थानीय समयानुसार दिउँसो २:११ बजे विस्फोट भएको थियो ।
न्यूजील्यान्डको क्रूज असोसिएसनका अनुसार एउटा पर्यटक बोकेको डुंगा पनि ज्वालामुखी विस्फोटबाट प्रभावित भएको छ। उद्धारकार्यका लागि नजिकैको ह्वकाताने नगरमा उद्धारकर्मी परिचालित गरिएको छ।
विस्फोट भएको समयमा उक्त ह्वाइट आइल्यान्डमा दर्जनौं मानिस रहेको बताइएको छ । सन् २००१ यता त्यहाँ भएको यो पहिलो ज्वालामुखी विस्फोट हो । प्रधानमन्त्री जसिन्डा आर्डर्नले सो घटनालाई निकै ठूलो घटना समेत बताएकी छन् । (बीबीसी)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया