काठमाडौं – घरेलु मैदानमा जारी १३ औं दक्षिण एसीयाली खेलकुद सागमा चिरप्रतिद्धन्द्धी भारतसँग नमिठो हार ब्यहोरेको नेपाली महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्काले राजीनामा दिएका छन् ।
भारतसँग पराजित भएपछि रजतमा सीमित नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक खड्काले राजीनामा दिएको घोषणा गरेका हुन् ।
हारसँगै नैतिकताका आधारमा टोलीको प्रशिक्षकबाट राजीनामा दिएको उनको भनाई छ । खड्काकै प्रशिक्षणमा नेपालले साफ च्याम्पियनसिप र ओलम्पिक छनोट खेलेको थियो ।
यो समाचार पढ्नुभएको थियो ?
पोखरा रंगशालामा भएको खेलमा नेपाललाई २-० गोल अन्तरले नेपाललाई पछि पार्दै भारतले स्वर्ण उचालेको हो । खेलको १७ औं मिनेटमा भारतीय खेलाडि बाला देवीले गोल गर्दै भारतलाई अग्रता दिलाईन् ।
यो बिचमा भारत सामू निरीह देखिएको नेपालले कुनै पनि गोल गर्न सकेन । पोखराबाट विभिन्न लाईभ स्टिमहरुमा आएका भिडियोहरुमा दर्शक तथा शुभेच्छुकले यसपटक नेपाली खेलाडी सावित्रा भण्डारी साम्बा एक्लैलाई फरवार्डमा राखिएका कारण खेलमा भारतको दबदबा रहेको भन्ने टिप्पणी गरेका थिए ।
यसैबिच ५५ औं मिनेटमा भारतिय खेलाडी बाला देवीले पुन: गोल गर्दै भारतलाई २-० गोलको अग्रता दिलाएपछि नेपालले चिरप्रतिद्वन्द्वी भारतसँग आफ्नै भूमिमा नमिठो हार बेहोरेको हो ।
हरि खड्काको नेतृत्वमा रहेको महिला फुटलब टिमले यसपटकको सागमा स्वर्ण उचाल्नको लागि साउनको दोस्रो साताबाट तयारी सुरु गरेको थियो ।
सागमा सन् २०१० देखि महिला फुटबल समावेश भएकोमा यसअघिका दुवै सागमा सन् २०१० को सागमा ३–१ ले र सन् २०१६ को सागमा पनि फाइनलमा भारतसँगै ४–० ले पराजित भएर नेपाली टोली स्वर्णबाट वञ्चित हुनु परेको थियो । यसपटक पनि नेपाल बदला लिन चुकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया