रसियालाई विश्वकप र ओलम्पिक खेल्न वाडाले लगायो प्रतिबन्ध

एजेन्सी । विश्व एन्टी डोपिङ एजेन्सी (वाडा)ले रसियालाई ठुला खेल प्रतियोगिता खेल्न प्रतिबन्ध लगाएको छ ।

रसियालाई अर्को बर्ष हुने ओलम्पिक र सन् २०२२ मा हुने विश्वकप फुटबल खेल्न वाडाले प्रतिबन्ध लगाएको हो ।

पछिल्लो निर्णयसंगै रसियाले जापानमा हुने ओलम्पिक र पारालम्पिक तथा कतारमा हुने विश्वकप फुटबल खेल्न पाउने छैन । तर डोपिङबाट आफुलाई निर्दोश सावित गर्ने खेलाडीले तटस्थ झण्डामा रहेर प्रतियोगितामा सहभागीता जनाउन सक्नेछन् ।

रुसी प्रधानमन्त्री दिमित्री मेदभेदले प्रतिबन्ध रुस बिरोधीको हिस्सा भएको बताएका छन् ।

स्विटजरल्याण्डमा बसेको वाडाको कार्यकारी समितिको बैठकले रसियालाई प्रतिबन्ध लगाउने बिषयमा सर्वसम्मत निर्णय गरेको थियो ।

रुसले वाडाको निर्णयविरुद्व २१ दिनभित्र कोर्ट अफ आर्बिटेशन फर स्पोर्ट्स (कास) मा अपिल अपिल गर्न सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?