निर्यात व्यापारमा सुधारः कुकुरको दानाबाटै भित्रियो ४ महिनामा ३४ करोड

काठमाडौं । पछिल्लो समय केही मात्रामा नेपालले निर्यात मार्फत बिदेशी मुद्रा आर्जन गरेको छ । यसै क्रममा नेपालले कुकुर तथा विरालोको दाना निर्यातबाट करोडौ रकम आर्जन पाइएको छ ।चालु आर्थिक वर्षको पहिलो चौमासमा कुकुर र बिरालोको खाना निर्यातबाट करिब ३४ करोड रुपैयाँ रुपैयाँ नेपाल भित्रिएको छ ।

नेपालको चालु आर्थिक वर्षको पहिलो चार महिनामा बैदेशिक व्यापारमा समेत सुधार आएको छ । बैदेशिक व्यापारमा सुधार आएसँगै निर्यात व्यापारमा पनि सुधार भएको तथ्यांकले देखाएको छ ।

नेपालले विश्वका बिभिन्न ११ देशका लागि ४ महिनाको अवधीमा कुकुर र बिरालोका लागि २ लाख किलो खाना तथा दाना निर्यात भन्सार विभागको तथ्यांकले देखाएको छ । जसबाट ३३ करोड ६६ लाख रुपैयाँ आम्दानी हुन गएको छ । साथै ति देशहरु मध्ये सबैभन्दा धेरै अमेरिकामा निर्यात भएको पाइएको छ । नेपालले १ लाख ७४ हजार किलो दाना निर्यात गरेको छ । जसबाट २८ करोड ७० करोड रुपैयाँ भित्रिएको विभागको तथ्यांकमा उल्लेख छ ।

नेपालले क्यानडा ,दुबई, बेलायत, हङकङ, जापान, नेदरल्याण्ड्स, सिंगापुर, सियरा लियोन, थाइल्याण्ड, ताइवानलगायतका देशमा कुकुर बिरालाका लागि दाना निर्यात गर्दै आएको छ ।

अघिल्लो आर्थिक वर्षको यहि तुलनामा यस वर्ष करिब २३.९० प्रतिशतले निर्यात वृद्धि भएको पाइएको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा २९ अर्ब २८ करोड १७ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको थियो । भने चालु आर्थिक वर्षको चौमासमा ३६ अर्ब २७ करोड ९० लाख रुपैयाँ बराबरको बिभिन्न सामान निर्यात भएको छ ।

त्यस्तै अघिल्लो आर्थिक वर्षको पहिलो चौमासमा ४ खर्ब ८३ अर्ब ७५ करोड रुपैयाँ बराबरको सामान आयात भएको थियो । भने चालु आर्थिक वर्षको पहिलो चार महिनामा ४ खर्ब ५० अर्ब २९ करोड रुपैयाँ बराबरको विभिन्न सामान आयात भएको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?