काठमाडौं । पत्रकार सुमन चापागाईँमाथि प्रहरीले गरेको आक्रमणलाई लिएर खेल पत्रकारहरुले धर्ना दिएका छन् । रंगशाला परिषदको मुख्य प्रवेशद्वार नजिकै तस्वीर लिने क्रममा पत्रकार सुमन चापागाईमाथि प्रहरीले कुटपीट गरेको थियो ।
दशरथ रंगशालाबाहिर टिकट किनेर आएका दर्शकमाथि प्रहरीले कुटपिट गरिरहेको तस्वीर खिच्ने क्रममा प्रहरीले पत्रकार चापागाईंमाथि कुटपिट गरेको थियो ।
प्रहरीको ज्यादतीको विषयलाई लिएर एकजुट भएका खेलकुद पत्रकारहरु प्ले कार्डसहित विरोधमा उत्रिएका थिए। उनीहरुले गेट वेल सुन नेपाल प्रहरीु, प्रहरी ज्यादती बन्द गर, समाचार संकलनको अधिकार रक्षा गर लगायतका नारासहित प्ले कार्ड लिएर धर्नामा बसेका थिए ।
नेपाल खेलकुद पत्रकार मञ्चले विज्ञप्ति जारी गरी पत्रकारमाथि दुर्व्यवहार गर्ने प्रहरीलाई तत्काल कारबाही गर्न माग गरेको छ ।
महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीले पत्रकारमाथि दुर्व्यवहारको घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने बताउनुभएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया