पुरुष फुटबलको फाइनल : नेपालको दोस्रो गोलसँगै अग्रता

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग अन्तर्गत पुरुष फुटबलको फाइनल खेलमा नेपालले अग्रता लिएको छ ।

दशरथ रंगशालमा नेपाल र भुटान स्वर्णका लागि भिड्दैछन् ।

नेपालका लागि अभिषेख रिजालले खेलको १७ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । खेलको ३६औं मिनेटमा भुटानका कप्तान चेन्चो ग्याल्सेनले गोल गर्दै खेल बराबरी फर्काएका थिए ।

दोस्रो हाफको ५२ औं मिनेटमा नेपाली फुटबलर सुनिल बलले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।

पहिलो पटकको सागको इतिहासमा फाइनल पुगेको भुटान र पाचौं पटक फाइनल पुगेको नेपाल बीचको खेल भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?