काठमाडौं । १३ औँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत कुस्ती खेलको उद्घाटन समारोहमा नपड्केको पटाका घर लगेर पड्काउने क्रममा घाइते भएका बालकको मंगलबार मृत्यु भएको छ।
जनकपुरधाम १३ स्थित कबर्ड हलनजिकै घर भएका निर्मला राउतका सख्त घाइते १० वर्षीय छोरा आलोक राउतको मृत्यु भएको हो । सुनसरीको धरानस्थित बिपी कोइराला मेमोरियल अस्पतालमा उपचारकै क्रममा बालक राउतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंसिर २० गते कुस्ती खेलको उद्घाटनका क्रममा पटाका पड्काइएको थियो। सोमध्येका पड्किन नसकेका पटाका बालक राउत घरमा लगेर पड्काउन खोजेका थिए। पटाका पड्केपछि घाइते भएका बालकको पेट जलेको थियो। गम्भीर घाइते भएका बालक राउतलाई तत्कालै प्रादेशिक अस्पताल ल्याएको थियो।
तर, उपचार सम्भव नभएपछि केहीबेरमै धरान ‘रेफर’ गरिएको थियो । उद्घाटनका क्रममा पटका पड्काउनेहरूको लापरबाहीले बालकले ज्यान गुमाउनु परेको स्थानीयले आरोप लगाएका छन्।
यो पढ्नुभयो ?
कुस्तीको उद्घाटनमा नपड्केर फालेको पटका पड्काउंदा बालक घाइते
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया