काठमाडौं । घरेलु मैदानमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग अन्तर्गत पुरुष फुटबलको फाइनल खेलमा नेपालले सानदार जित हात पारेको छ ।
दशरथ रंगशालमा भएको नेपाल र भुटानबिचको खेलमा भुटानलाई २-१ गोल अन्तरले हराउँदै नेपालले स्वर्ण जितेको हो । यसअघि समूह चरणबाट बाहिरिने भुटान यसपटक भने आयोजक नेपाल बाहेक सबै राष्ट्रलाई हराउँदै फाईनल पुग्यो ।
सागको फुटबललाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाको बार्षिक क्यालेन्डरमा समावेश नगरेपछि भारतले पुरुष फुटबल खेलेन । नेपाल प्रतियोगितामा अपराजित छ ।
सन् २०१६ मा भारतको गुहावटीमा भएको फाइनलमा नेपालले घरेलु टोलीलाई हराउँदै उपाधि उचालेको थियो ।
भुटान फुटबलको इतिहासमै पहिलो पटक सागको फाइनल पुगेको हो ।
भुटानले उद्घाटन खेलमा बंगलादेशविरुद्ध १-० को अप्रत्यासित जित निकालेको थियो । दोस्रो खेलमा नेपालसँग पराजित भएपनि तेस्रोमा भने माल्दिभ्सलाई २-१ गोल अन्तर र अन्तिममा श्रीलंकालाई ३-१ गोल अन्तरले हराएको थियो ।
दोस्रो खेलमा श्रीलंकासँग १-१ को बराबरी खेलेको नेपालले तेस्रो खेलमा माल्दिभ्सलाई २-१ गोल अन्तरले पराजित गरेको थियो । अन्तिम खेलमा नेपालले बंगलादेशलाई १-० ले हराएको थियो ।
सागको पुरुष फुटबलको उपाधि पाकिस्तानले ४ पटक तथा नेपाल र भारतले समान ३ पटक जितेका छन् । यस्तै बंगलादशेले २ पटक उपाधि हात पार्दा भुटान, बंगलादेश र माल्दिभ्स उपाधि विहिन छन् ।
दशरथ रंगशालमा जारी नेपाल र भुटानबिचको खेलको औं मिनेटमा नेपालका लागि ले गोल गरेसँगै नेपालको खातामा ३ गोल भएको हो । यो समाचार तयार पार्दासम्म भुटानले नेपालबिरुद्ध एक गोल मात्रै गरेको छ ।
नेपालका लागि अभिषेक रिजालले खेलको १७ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि आक्रामक देखिएको भुटानले खेलको ३६ औं मिनेटमा गोल बराबरी गोल फर्कायो ।
भुटानका कप्तान चेन्चो ग्याल्सेनले गोल गर्दै खेल बराबरी फर्काएका थिए । यसैबिच दोस्रो हाफको ५२ औं मिनेटमा नेपाली फुटबलर सुनिल बलले गोल गर्दै भुटानसँगको गोल अन्तर बढाएका थिए ।
पहिलो पटकको सागको इतिहासमा फाइनल पुगेको भुटान र पाचौं पटक फाइनल पुगेको नेपाल बीचको खेल भईरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया