किन बोलाए प्रधानमन्त्रीले सागमा पदक जितेका खेलाडीलाई बालुवाटार ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सागमा पदक जितेका नेपाली खेलाडी, तिनका प्रशिक्षक र पदाधिकारीहरुलाई बालुटार बोलाउनुभएको छ ।

भेटघाटका लागि उनीहरुलाई प्रधानमन्त्री ओलीले बुधबार बालुवाटारस्थित निवासमा बोलाउनु भएको हो ।

उक्त अवसरमा प्रधानमन्त्रीले खेलाडीहरुलाई सम्बोधन गर्नुहुने भएको छ । खेलाडीलाई प्रोत्साहनस्वरुप पुरस्कारसमेत घोषणा गर्ने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

खेलाडीसंग भेटघाटको लागि दिउँसो सवा २ बजेको समय निर्धारण गरीएको बताइएको छ । साग प्रतियोगितामा ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदक जित्दै नेपाल दोस्रो भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?