अमेरिकामा प्रहरी र हतियारधारीबीच गोली हानाहान, एक प्रहरीसहित ६ जना मारिए

काठमाडौं । अमेरिकाको न्युजर्सी शहरमा प्रहरी र हतियारधारीबीच एक घण्टा गोली हानाहान हुँदा एक प्रहरीसहित ६ जना मारिएका छन् । दुई प्रहरी घाइते भएका छन् ।

प्रहरीले हतियारधारीबीच एक घण्टासम्म गोली हानाहान भएको जनाएको छ । तर, गोली चलाउने व्यक्ति को हो ? र किन गोली चलायो ? भन्ने नखुलेको प्रहरीले जनाएको छ ।

दुई संदिग्ध व्यक्ति लुकिरहेको एक पसलबाट गोलीबारीको सुरुआत भएको स्थानीयले बताएका छन्। मारिने प्रहरीमा १३ वर्षदेखि जर्सी शहरको प्रहरी सेवामा रहेका ३९ वर्षीय जोसेफ सिल्स छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार मध्याह्न १२ बजेतिर एक्कासी गोली चल्न थालेको र जोसेफले ती बन्दुकधारीलाई पक्रने कोसिस गर्दै गर्दा उनी मारिएको बताएका छन् ।

बीबीसीका अनुसार जोसेफको हत्यापछि ती दुवै संदिग्ध व्यक्ति ट्रकमा चढेर नजिकैको एक सुपरमार्केटमा लुकेर प्रहरीमाथि गोली चलाएका थिए । उक्त पसलभित्र रहेका तीन व्यक्तिको पनि हतियारधारीले हत्या गरेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?