देशभर मौसम बदली, जुम्लामा हिमपात १३ फोटोमा हेर्नुहोस्

काठमाडौं । बिहिबारबाट देशभर चिसो बढेको छ । भूमध्य सागरको वायुको न्यूनचापीय प्रणालीको प्रभावका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भूमध्य सागरबाट इरान, अफगानिस्तान, पाकिस्तान र भारतको जम्मुकश्मीर हुँदै हिजोबाट नेपालको पश्चिमी भूभागबाट मौसमी वायु नेपाल भित्रिएको छ । अहिले काठमाडौं लगायत देशभरको मौसम धुमिल छ । बिहान काठमाडौंमा सिमसिम पानी परेको थियो। आज ‘पहाडी भेगमा हल्का वर्षा हुनेछ।

उता हिमाली र उच्च पहाडी भेगमा बाक्लो हिमपात भएको छ । हिमपात हुने भेगका बासिन्दा र पर्यटकले शनिबारसम्म सचेत रहन मौसमविद्ले सुझाएका छन् । मौसममा भएको अदलअदलका कारण ‘तराई भेगमा पनि चिसो बढ्नेछ । पूर्वी तराईका जिल्लामा हुस्सु कुहिरो लाग्ने सम्भावना छ।

तर तराईमा शीतलहरको सम्भावना नभएकोले आत्तिनुपर्ने अवस्था छैन । यसैबिच देशका पश्चिमी भूभागका केही स्थानमा हावा हुरी आउने पनि सम्भावना रहेको जनाइएको छ ।

आज बिहान केहि स्थानको हवाई सेवासमेत अवरुद्ध भएको छ ।

बुधबारबाट परिवर्तित भएको नेपालको यो मौसम शनिबारसम्म अन्त्य हुने महाशाखाले जनाएको छ । भोलि शनिबार देशभर आंशिकदेखि सामान्य बदली हुनेछ भने केही स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च हिमाली भूभागमा भारी हिमपात भएको छ ।

शनिबार राति देशभर आंशिकदेखि सामान्य बदली हुनेछ।

आउँदो आइतबार देशको पश्चिमी भूभागमा सामान्य बदली र मध्य तथा पूर्वका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका थोरै स्थानका साथै मध्य तथा पूर्वका पहाडी भूभागमा हल्का वर्षा हुने सम्भावना पूर्वानुमान गरिएको छ ।

यो वर्षकै सबैभन्दा बढी चिसो मंसिर १४ गते भएको थियो। उक्त दिन तापक्रम १ डिग्री सेल्सियसमा झरेको थियो।

जुम्लामा आज बिहानैबाट भारी हिमपात भएको छ । कर्णाली प्रदेशका उच्च हिमाली भेगमा भारी हिमपात भएको हो । हिमपातसँगै चिसो बढेकाले जनजीवन प्रभावित भएको छ । यातायात अवरुद्ध छ ।

हिमपातकै कारण मानिसहरु घरबाट बाहिर निस्कन सकिरहेका छैनन् ।

जुम्लाका स्थानीय मिन प्रसाद पौडेलले पठाँउनु भएको केही तस्वीरहरु :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?