कहाँ परिरहेको परेला समेत जमाइदिने हिऊँ ?, जहाँ –६२ डिग्री तापक्रम

एजेन्सी, ४ माघ । संसारका केही यस्ता स्थान छन्, जहाँ हिऊँ परिरहेको छ । तर एउटा यस्तो इलाका जहाँ चिसोको सबै रेकर्ड तोडिएको छ रुसको साइबेरियाको ओइमाकान गाउँमा –६२ डिग्री सम्म तापक्रम घटेको छ । यो क्षेत्रको हरेक स्थानमा हिउँ देखिएको छ । जहाँका मानिसहरुले आफ्नो अवस्था सामाजिक सञ्जालमार्फत संसारलाई देखाइरहेका छन् रुसका याकुत्स्कमा बस्ने २४ वर्षीय महिला अनस्तासिया ग्रुजदेभाको एउटा तस्बिर भाइरल भइरहेको छ, जसमा चिसोका कारण उनको आँखाको परेलामा समेत हिऊँ जमेको देखिन्छ यहाँ तापक्रम यति धेरै घटेको छ कि पर्यटकका लागि भनेर राखिएको डिजिटल थर्मोमिटर समेत रोकिएको छ । ओइमाकनमा सन् १९३३ मा सबैभन्दा कम तापमान दर्ता भएको थियो । त्यसबेला शून्यदेखि –६८ डिग्री भन्दा तल पुगेको थियो ।ओइमाकन हिउँको घाटीमा बसेको सानो गाउँ हो । सो स्थानमा टाढाटाढासम्म पनि जमिन देखिदैन र हरेक स्थानमा हिउँ देखिन्छ । ‘पोल अफ कोल्ड’ भनिने ओइमाकन गाउँ, मानिसको बस्ती भएको संसारकै सबैभन्दा चिसो स्थान हो रमाइलो कुरा त ओइमाकन नामको अर्थ यस्तो स्थान हो, जहाँ पानी जम्न सक्दैन तर, यहाँको अवस्था भने यसको नामको ठीक विपरित रहेको छ । यो सानो गाउँमा करिब ५ सय मानिसहरु रहेका छन् यी मानिसहरुले कठिन रुपले आफ्नो काम गरिरहेका छन् । ओइमाकन गाउँमा गाडी चलाउनुअघि तताउने हिटर राखेको ग्यारेजमा राख्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?