संसारमा केही कुराहरु यस्ता हुन्छन् जसलाई पत्याउनै गाह्रो पर्छ । केहि रहस्यहरुलाई रहस्यमै छोडिदिनु उपर्युक्त हुन्छ । किनभने जति हामी रहस्य खोतल्छौँ त्यति नै हामीलाई धेरै समस्याहरुले घेर्दै जान्छ । तर यो प्रसंग भने बिल्कुलै फरक खालको छ ।
२४० पन्ना रहेको यो किताबको बास्तिविक रहस्य भनेको भाषा पहिचान्न नसक्नु नै हो । यो किताब कुन भाषामा लेखिएको छ कसैलाई पनि थाहा छैन । यो किताब धेरै पु्रानो समयमा लेखिएको कुरा जानकारहरुले बताएका छन् ।
किनभने यो किताब कुनै पनि मसिनबाट छपाएको नभई लेखकले स्वयं हातबाटै लेखिएको छ । त्यतिमात्र होइन यो किताब भित्र बिभिन्न आकारका चित्रहरु कोरीएको छ । जसबाट चित्रहरुबाट पनि केहि साँगितिक भाषाको प्रयोग गरेको स्पष्ट देखिन्छ ।
यो किताबलाई ‘वायनिक मेनुस्क्रिप्ट’ नाम दिइएको छ । यस किताब भित्र मानिसका चित्रदेखि लिएर रुखका चित्रहरु कोरिएको छ । जुन चित्र हाम्रो संसारमा पाइने भन्दा विल्कुले फरक किसिमका रहेका छन् ।
यो किताब पहिलाको तुलनामा पातलो हुँदै गएको छ । किनभने यो किताबको पन्नाहरु समयको साथसाथै च्यातिँदै र हराउँदै गएको छ । अहिलेसम्म् आइपुग्दा यो किताबका जम्मा २४० पन्ना मात्र रहेका छन् ।
भाषाविज्ञ हरुले यस पुस्तको निरिक्षण गर्दा यो पुस्तक भित्रका केहि शब्दहरु भने ल्याटिन अमेरिका तथा जर्मन भाषामा लेखिएको पाइएको छ ।
कसैले भने यस किताबलाई गुप्त ज्ञानको भण्डार मानेका छन् । त्यसैले यस पुस्तकका भाषा गुप्त भाषा भएको बताइएको छ । कसैले भने किताब जसले लेखेको हो त्यसलाई मात्र सत्य कुराको ज्ञान हुने कुरा गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया