डोनल्ड ट्रम्पको ट्वीट चप्पलमा छापेर करोडपति बनेका मोरिसन

एजेन्सी। राष्ट्रपति डोनल्ड ट्रम्प आफ्ना ट्वीटका कारण प्रायः विवादमा परिरहन्छन् ।

एकजना व्यक्तिले उनका तिनै विवादास्पद ट्वीटलाई कमाइको माध्यम बनाउने अनौठो तरिका अपनाएका छन् ।

लस एन्जेलस बस्ने फोटोग्राफर र आर्टिस्ट स्याम मोरिसनले ट्रम्पका ट्वीटबाट एक महिनामा साढे तीन करोड रुपैयाँ कमाएका छन् ।

मोरिसनले सन् २०१७ मा ट्रम्पले गरेका सबै विवादित ट्वीटहरू निकाले र सादा चप्पलमा प्रिन्ट गरिदिए । मोरिसनले त्यस्ता एक हजार जोडी चप्पल तयार पारेर आफ्नो वेबसाइट प्रेसिडेन्ट फ्लिपफ्लप्स डट्कममा बेच्न राखे ।

अमेरिकीहरूले मोरिसनको यो तरिका खुबै मन पराए र त्यसलाई ठूला न्युज एजेन्सीले पनि कभर गरे । अनि उनका सबै चप्पलहरू एक महिनाभित्रै बिके ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?