एजेन्सी । जासूसी गर्नेका पनि फरक तरिकाहरु हुन्छन् । कोहि भेष बदलेर जासूसी गर्छन् भने कसैले नाम परिवर्तन गरेर जासूसी गर्ने गर्छन् ।
कोहि भने यो काममा यसरी लागि पर्छन् कि काम गर्न थालेपछि बाहिर निस्कनै गाह्रो पर्छ । तर आज हामी यस्तो जासूसीको कुरा गर्दै छौँ कि, जुन खबरले जो कोहि पनि अचम्ममा पर्छन् ।
रुसको सेन्ट पीटर्सवर्ग शहरको केहि दुरी टाढा सुनसान ठाउँमा यो रेडियो स्टेशन रहेको छ । रेडियो स्टेशनमा केहि समयसम्म नियमित कार्यक्रमहरु प्रसारण हुने गर्छ । त्यसपछि अन्य रेडियो प्रशारण जसरी बन्द हुन्छ त्यसरी नै यो रेडियो प्रशारण पनि बन्द हुन्छ । तर रेडियो प्रसारण बन्द भएपनि त्यहाँबाट अचम्मको आवाज भने बजि नै रहन्छ ।
यो रेडियो स्टेशनको यस्तो अचम्मको प्रशारण केहि दशक यता हुँदै आइरहेको छ । बिचमा कोहि बोलेको आवाज आउँछ अनि फेरी अचम्मको धुन सुनिन्छ । अचम्म त के छ भने यो रेडियो स्टेशनलाई बिश्वभरि नै सुन्ने गरिन्छ । तर आजसम्म कसैलाई पनि थाहा छैन कि यो रेडियो स्टेशन कसले चलाई्रहेको छ ।
अर्को अचम्मको कुरा के छ भने यो रेडियो स्टेशन आजसम्म पनि दर्ता गरिएको छैन । रुस सरकारले पनि अहिलेसम्म यो रेडियो स्टेशनको बारेमा पत्ता लगाएको छैन । यो रेडियो स्टेशनको नाम ‘द बजर’ रहेको छ । ३५ वर्ष यता यो रेडियोले बिश्वलाई विचित्र आवाज सुनाइरहेको छ । तर कसैले पनि रेडियोले बोलेको कुरा बुझ्न सकेका छैनन् ।
हप्तामा एक वा दुई पटक मात्र पुरुष वा महिला कसैले केहि कुराहरु गर्छन् । केहि समाचार वा केहि बुझ्न सक्ने कार्यक्रम नआउने गरेकोले मानिसहरु यो रेडियोलाई अनेक अड्कलहरु गर्ने गरेका छन् । कसैले भने यो रेडियोको मद्दतबाट रसियन सेनाहरु आफ्ना अन्य सेनाहरुसँग सम्पर्क गर्ने गरेको कुरा बताउँछन् ।
तर केहिले भने रुस एलियनसँग सम्पर्क गर्ने गरेको बताएका छन् । रुसमा कसैले हमला गर्ने सोच्दैछ भने रेडियो स्वतः बन्द हुने गरेको अड्कल केहि मानिसहरुले काट्ने गरेका छन् । यदि कसैले रुस माथि आक्रमण गरेको खण्डमा रेडियो बन्द हुने र रुसलाई त्यसको जानकरी मिल्ने गरेको अर्काथरीको अड्कल रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया