कोठा न्यानो बनाउन मकल बालेर सुतेका आमा छोराको निस्सासिएर मृत्यु

काठमाडौं । काठमाडौ स्थित कीर्तिपुरमा न्यानो बनाउन मकल बालेर सुतेका आमा छोराको निस्सासिएर मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका–८ सुन्दरबस्तीमा कोठा न्यानो बनाउन उनीहरु मकाल बालेर सुतेका थिए ।

मृत्यु हुँनेमा ३६ वर्षीया शर्मिला रञ्जितकार र उनको दुई महिने छोराको निस्सासिर ज्यान गएको हो । आमा छोरा खाटमा तथा श्रीमान नवराज रञ्जितकार भुइँमै ओछ्यान लगाएर सुतेको प्रहरीले जनाएको छ । अक्सिजन अभावका कारण निस्सासिएरर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डीएसपी छेदीलाल कामती भने – भेन्टिलेसन पनि नभएको कोठमा रहेछ । कोठमा कोइला बालेर सुतेका रहेछन् । शर्मिलाका श्रीमानले बच्चालाई तेल लगाउन उठाउन खोज्दा नउठेपछि उनले हामीलाई खबर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?