काठमाडौं । सुनसरीमा एक महिलाले श्रीमान्को माया नपाएको भन्दै सुसाईट नोट लेखेर आत्महत्या गरेकी छिन् ।
सुनसरीको दुहबी ६ बस्ने मनोज कुमार भगतका श्रीमती रिना जैसवालले श्रीमान् मनोज कुमार भगतसँग गहिरो माया नपाएको भन्दै सुसाईट नोट लेखेर गरेकी हुन् ।
जैसवाल आईतबार बिहान आफ्नो घरको भान्सा कोठामा डोरिको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । शवलाई पोष्टमार्टमका लागि पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया