बेहुलीलाई सिन्दुर हाल्न नसकेपछि चार लाख तिरेर रित्तै फर्किए बेहुला !

काठमाडौं । तपाईलाई अचम्म लाग्न सक्ला ! के जन्ती लिएर बेहुली लिन पुगेका बेहुला रित्तै हात फ़र्किएलान् ? झापामा यस्तै एउटा घटना घटेको छ ।

झापामा बेहुलीलाई सिन्दुर हाल्न नसकेपछि बेहुला पक्ष चार लाख तिरेर फर्किएका छन् । यो घटना झापाको बुद्ध शान्ति गाउँपालिकाको हो ।

भद्रपुर नगरपालिका ७ का सुवेदी थरका एक युवक आइतबार बिहान बाजागाजासहित जन्ती लिएर बुद्ध शान्ति गाउँपालिका २ बस्ने न्यौपाने थरकी युवतीसँग विवाह गर्न उनका घर पुगेका थिए । बेहुली पक्षले विवाहका लागि सम्पूर्ण तयारी पूरा गर्दै जन्ती लिएर आएका बेहुलालाई वैवाहिक परम्परा अनुसार भित्र्याएर विवाह मण्डपसम्म लगेका थिए ।

जब बेहुलाले बेहुलीको सिउँदोमा सिन्दूर हाल्न खोजे बेहुलाको एउटा हात नै माथि उठेन । बेहुलाको हात माथि नउठेपछि उनी अपाङ्ग भएको बेहुली पक्षले थाहा पाएपछि विवाह नै रोकियो ।
विवाह रोकिएपछि यसविषयमा आइतबार दिनभर तनाव उत्पन्न भयो । विवाद साम्य पार्न प्रहरी नै घटनास्थल पुग्नु प-र्यो ।

घटनालाई साम्य बनाएर प्रहरी फर्किएपछि बेहुला पक्षले बेहुली पक्षलाई चार लाख रुपैयाँ जरिवाना तिरेर फर्किएको घटनास्थलमा रहेका एक प्रत्यक्षदर्शीको भनाइ छ ।
आफू डाक्टर भन्दै युवकले ती युवतीसँग लामो समयदेखि प्रेम सम्बन्ध गाँसे । तर, युवक डाक्टर नभई अस्पतालमा काम गर्दै आइरहेका कर्मचारी रहेको पनि खुलेको छ । टिकाटालो हुँदासम्म बेहुली पक्षले केहि सोधखोज नगर्ने र विवाह गर्न गएपछि विवाद गरेको भन्दै बेहुला पक्षले दुखेसो पोखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?