सनराइज बैंकको १२७औं शाखा रसुवाको टिमुरेमा

काठमाडौं । सनराइज बैंकले आफ्नो सेवा विस्तारको क्रममा रसुवा जिल्लाको टिमुरेमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले १२७औं शाखाको रुपमा सञ्चालनमा ल्याएको हो ।

आइतबार एक कार्यक्रमकाबिच भन्सार कार्यलयको प्रमुख पुन्य विक्रम खड्का र बैंकको प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यालयको उद्धघाटन गर्नुभएको हो ।

साथै उक्त कार्यक्रममा एटिएम भने गोसाईकुण्ड गाउँपालिका वडा नं २ को वडा अध्यक्ष दावा दोर्जे तामाङ्गले उद्धघाटन गर्नुभएको हो ।

बैंकले वित्तीय पहुँच विस्तारको क्रममा मुलुकभर हालसम्म १२७ वटा शाखा कार्यालयहरु सञ्चालन गरिसकेको छ । त्यस्तै ४० वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउन्टर तथा १४७ वटा एटिएममार्फत ग्राहकहरुलाइ सेवा दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?