काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले अन्तवार्ता मार्फत कम्पनीको प्रमुख कार्यकारी अधिकृत ९सीइओ० छनोट गर्ने भएको छ । हाल कम्पनीको सीईयो पदका लागि चार जना अन्तिम चरणमा रहेका छन् । असोक कुमार पौडेल, चिरायु भण्डारी, शेषनारायण आचार्य तथा शंकरकुमार रायमाझी लगायतलाइ कम्पनीेले अन्तर्वाताको लागि बोलाएको छ ।
आज अपरान्ह ४ बजेदेखि ६ बजेसम्ममा उनिहरुको व्यबसायीक योजनाको प्रस्तुतीकरण तथा अन्तवार्ता हुनेछ । चारै जनालाइ करिब आधा घण्टाको समयसिमा तोकिएको छ । उक्त समयभित्र चारै जनको भावी योजना तथा अन्तवार्ता लिइने छ ।
तर उक्त चरण केवल देखावटी रुपमा रहेको जानकारहरु बताउँछन् । राजनीतिक वृत्तबाट नै सीइओ छनोट भइसकेको तर बाहिर देखाउनको लागि मात्र अन्तरवार्ता गर्न लागिएको तर्क धेरैको रहेको छ । सीइओ छनोटमा टिके प्रथा मौलाएको जिकिर जानकारहरुको रहेको छ । साथै केहिले भने जस्ले राम्रो प्रस्तुती तथा अन्तवार्ता दिन सक्यो उसैले सीइयो पद उसैले सम्हाल्ने बताउँछन् ।
शुरुमा कम्पनीको सीइओ पदका लागि ६ जना आकांक्षी रहेका थिए । तर अन्य दुइ जना बाहिरीएसँगै ४ जना मुख्य प्रतिष्पर्धीका रुपमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया