काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो वित्तीय पहुँच विस्तारको क्रममा एकैसाथ ६ वटा शाखा उद्घाटन गरेको छ । शहरी र ग्रामिण तथा दुर्गम क्षेत्रका मानिसहरुमा बैंकिङ सेवा उपलब्ध गराउने उदेश्यले एकैपटक काठमाडौंका बिभिन्न ठाँउमा ६ शाखा उद्घाटन गरेको हो ।
काठमाडौंको बोहोराटार, कलंकी, माछापोखरी, नरेफाँट, पुतलीसडक तथा स्वयम्भुमा नयाँ शाखा मंसिर ३० गते सोमबार उद्घाटन गरेको हो । बैंकले काठमाडौं महानगरपालिका वडा नं १६ बोहोराटारस्थित बोहोराटारस्थित शाखा कार्यालयको उद्घाटन स्थानिय टोल सुधार तथा उपभोक्ता समितीको अध्यक्ष कालिका प्रसाद घिमिरेले गर्नुभएको हो । त्यस्तै काठमाडौं महानगरपालिका वडा नं १४ कलंकीस्थित खसि बजार शाखाको उद्घाटन सोही वडाका वडाध्यक्ष सोभा सापकोटाले गर्नुभएको हो । साथै काठमाडौं महानगरपालिका वडा नं १६ माछापोखरीस्थित माछापोखरी शाखाको उद्घाटन सोही वडाका वडाध्यक्ष मुकुन्द रिजालले गर्नुभएको थियो ।
साथै काठमाडौं महानगरपालिकाको वडा नं ३२ नरेफाँटस्थित नरेफाँट शाखाको उद्घाटन सोही वडाका वडाध्यक्ष नवराज पराजुलीले गर्नुभएको हो । भने महानगरपालिका वडा नं २८ पुतलीसडकस्थित पुतलीसडक शाखाको उद्घाटन सोही वडाका वडाध्यक्ष भाईराम खड्कीले गर्नुभएको हो । साथै उद्घाटन गरिएको नयाँ शाखा काठमाडौं महानगरपालिका स्वयम्भुस्थित स्वयम्भु शाखाको उद्घाटन सोही वडाका वडाध्यक्ष प्रेमलाल श्रेष्ठले गर्नुभएको हो ।
एनआईसी एशियाले बैंक तथा वित्तीय संस्था नपुगेका तथा मुलुकका ३४ भन्दा बढि स्थानिय तहहरुमा शाखा विस्तार गरि सेवा दिइरहेको छ । साथै बैंकले अप्रत्यक्ष रुपमा गत आर्थिक वर्षमा मात्र सरकारलाइ ३ अर्ब १५ करोड भन्दा बढि राजस्व भुक्तानी गरिसकेको छ । साथै बैंकले वित्तीय समाबेसिकरणका लागि न्युन वित्तीय संस्थाको उपस्थिती रहेको मुगु, कालिकोट, बझाङ, रुकुम , जुम्ला, सल्यान लगाएतका दुर्गम जिल्लाहरुमा समेत सेवा सञ्चाल गरिसकेको छ ।
एनआईसी मुलुककै ठुलो शाखा सञ्जाल विस्तार गर्ने वाणिज्य बैंक अन्तर्गत पर्दछ । मुलुकभर बैंकको ३११ शाखा कार्यालयहरु, ४०३ एटिएम, ९५ वटा एक्सटेन्सन काउन्टर एवं ४४ वटा शाखा रहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया