काठमाडौं । विश्व बजारमा नै सबैभन्दा पुरानो मानिने मोटरसाईकल“रोयल इनफिल्ड” को क्लासीक ३५० सीसी डुअल च्यानल एबिएससहित बिएस आई भी नेपालमा सार्वजनिक भएको छ । रोयल इनफिल्डको नेपालका लागि आधिकारीक बिक्रेता एभ.भी.दुगड ग्रुपको विवेक अटोमोबाइल्स प्रा.लि.ले रोयल इनफिल्डको अत्याधिक लोकप्रिय मोडल क्लासीक ३५० सी.सी. नेपाली बजारमा भित्राएको हो ।
उक्त मोटरसाइकलमा फ्यूल इन्डिकेटर, हेडलाइट केसिङ, डुअल डिस्क ब्रेक, एट्जस्ट फिन्स, ओभल टुल बक्स, स्पिडोमिटर डायल, सिङ्गल सिट स्प्रिङ, स्याडल टेल लाइट एसेम्ब्ली, हेडलाइट क्याप समेत समाबेश गरिएको छ ।
हाल थपिएको डुअल च्यानल एबिएसका कारण टुरिङ्ग, दैनिक राइडिङ्गका लागि सुरक्षित भेैरहेको रोयल इन्फिल्ड अब झन सुरक्षित हुने कम्पनीको विश्वास रहेको छ । हालको लागि बिक्रेताहरुले रोयल इनफिल्ड क्लासिक ३५० को विशेष मूल्य ६ लाख रुपैयाँ तोकेको छ । साथै यो मूल्य केही समयका लागि मात्रै भएको कम्पनीले जनाएको छ ।
विवेक अटोमोबाइल्स प्रा.लि.ले आफ्ना १९ वटा शाखा एवं डिलरहरु मार्फत विक्रीवितरण शुरु गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया