काठमाडौं । महाभारतको कथा त हामी सबैले सुनेका नै छौँ र भिडियोमा देखेका पनि । महाभारतमा घटेका घट्नाहरु पनि हामीलाई थाहा नै छ ।
पाँच पाण्डव सत्यका प्रतिक मानिन्छन् भने सय कौरव असत्यका पक्षधर । कौरवहरुले मात्र एउटा गाउँ पाण्डवलाई नदिँदा महाभारत भएको कुरा शास्त्रहरुमा उल्लेख छ । पाँच पाण्डवहरु सबै शक्तिशाली नै मानिन्छन् तर वायुपुत्र भीममा भने अन्य पाण्डवमा भन्दा धेरै शक्ति रहेको कुरा शास्त्रमा उल्लेख छ ।
उनीसँग १० हजार हात्तीको बल भएको कुरा धर्मशास्त्रमा वर्णन गरिएको छ । तर कसरी भीममा यति धेरै शक्ति आयो भन्ने कुरा सायद कमैलाई मात्र थाहा होला । भीम बच्चैदेखि धेरै नै शक्तिशाली थिए ।
भीम यति शक्तिशाली थिए कि दौडिने,कुस्ति खेल्ने जस्ता खेलमा कौरवहरुलाई हराउने गर्थे । रिसले बेचैन दुर्याेधनले एकदिन कुस्ति खेल्नका लागि पाँच पाण्डवहरुलाई निम्ता गरे । खेलमा हारिने डरले कौरवहरुले चलाखि गरेर भीमको खानामा विष मिलाईदिए । खानामा विष खाएपछि भीम बेहोस भए । त्यहि बेलामा रुष्ट दुर्याेधनले भाई दुशासनसँग मिलेर भीमलाई नदीमा फालिदिए । विषले बेहोस भएका भीम बग्दै नागलोकमा पुगे ।
सर्पले उनलाई डस्यो पनि तर सर्पको विष उनलाई विष भएर औषधी बनिदियो । भीम बेहोसबाट उठेपछि आफूलाई सर्पै सर्पको बिचमा देखे । शक्तिशाली भीम सर्पदेखि डराएनन् उल्टै सर्पहरुलाई मार्न लागे । भीमको शक्तिदेखि डराएर नागहरु डराएर नागराज वासूकीको शरणमा पुगेर नागराज बासुकीलाई सबै कुरा सुनाए । उनीहरुबीचमा कुराकानी पछि नागराज भीमसँग को रहेछ भन्ने जान्नको लागि बाहिर निस्किए ।
कुरागर्दै जाँदा पत्ता लाग्यो कि भीम आर्यक नाम गरेका नाग भीमका हजुरबाबाका हजुरबाबा थिए । त्यसपछि भीमलाई लिएर नागराज बासुकी नागलोक लिएर गए । त्यहाँ ८ वटा कुण्डमा १० हजार हात्तीको शक्ति भएको रस थियो । नागराज बासुकीले भीमलाई १० हजार हात्तीको बल भएको कुण्डको रस खुवाए र बिस्तारामा सुताए । ८ दिनसम्म भीम नागलोकमा सुतिमात्र रहे । जब भीम ८ दिनपछि उठे तब उनमा १० हजार हात्तीको शक्ति मिल्यो ।
भीम जब हस्तिनापुर फर्किए तब उनले माता कुन्ती र आफ्ना भाईहरुलाई सबै कुरा सुनाए । तर युधिष्ठिरले कसैलाई पनि उक्त कुरा नसुनाउन आग्रह गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया