काठमाडौं । कुमारी बैंकलाई नेपाल धितोपत्र बोर्डले डिबेन्चर पारित गर्नका लागि अनुमति दिएको छ । बोर्डबाट बैंकले ३ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्न अनुमति पाएको हो । जस अन्तर्गत ३० लाख कित्ता ऋणपत्र रहेको छ ।
त्यो मध्यो १२ लाख कित्ता सर्वसाधारणको लागि छुट्याइएको छ भने बाँकी १८ लाख कित्ता प्राइभेट प्लेसमेन्टको लागि छुट्याइएको बैंकले जनाएको छ ।
१० बर्षे अवधि यस ऋणपत्र को नाम ‘१०.२५ प्रतिशत कुमारी बैंक डिबेन्चर २०८६’ दिइएको छ । जसबाट १०.२५ प्रतिशत ब्याज पाइने छ । ऋणपत्र निष्काशन लाइ सहजता दिनका लागि बैंकले नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई बिक्रि प्रबन्धक नियुक्त समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया