एजेन्सी । ६ फिट ४ इन्च अग्ला र १३५ किलो तौल भएका युगाण्डाका तानाशाह ईदी अमिनलाई विश्वकै क्रुर तथा निर्दयी राजाको रुपमा लिइन्छ । उनको जन्म १९५२ मा भएको थियो । उनले युगाण्डामा जम्मा ८ साल शासन गरेका थिए । तर उनले यति छोटो समयमै क्रुरताको सिमा नै मिचे ।
उनको शासन कालमा मानव अधिकारको दुरुपयोग, राजनीतिक दमन, जातीय उत्पीडन गैर कानुनी हत्या, पक्षपात, भ्रष्टाचार र आर्थिक गिरावट जस्ता कुराहरु भए । अन्तर्राष्ट्रिय मानव अधिकारका अनुसार उनको शासनकालमा ५ लाख मानिसहरुले ज्यान गुमाएका थिए ।
उनी एशियन नागरिकहरुलाई रुचाउँदैन थिए । साथै उनले आफ्नो देशमा रहेका सबै एशियनहरुलाई आफ्नो शासनकालमा देशबाट निकालेका थिए । उनलाई भगवानले भनेको भएर एशियनलाई निकालेको बताउँछन् जानकारकारहरु । अन्तर्राष्ट्रिय मिडियाका अनसार उनी ३० महिलासँग रमाउने गर्थे । उनी होटलमा काम गर्ने तथा नर्सहरुलाई रमाइलोका लागि आफूसँग बोलाउने गर्थे ।
उनको शासनकालमा स्वास्थ्य मन्त्री रहेका हेनरी केयम्बाले एउटा किताब लेखेका थिए । जसको नाम थियो अ स्टेट अफ ब्लडः द इनसाइड स्टोरी अफ इदी अमिन । यस किताबमा उनले अमिनको बारेमा उनको कार्यकाल र जीवन कथा मात्रै लेखेका थिए । उनले लेखेका छन् की, एकपटक अमिन मुर्दाघर गएका थिए । जहाँ उनको शत्रुको शव राखिएको थियो । उनले उक्त शवलाई के गरे भन्ने कुरा त कसैलाई थाहा छैन ।
तर युगाण्डाबासीका अनुसार उनले शत्रुको शवको रगत र मासु खाएको बताइन्छ । उनले मन्त्रीमण्डलमा पनि मासु र रगत खाने गरेको बताएका थिए । किताबमा लेखिएको छ कि, १९७५ मा जब अमीन वरिष्ठ व्यक्तिहरुसँगको छलफलमा गएका थिए तब उनले मानिसको मात्र नभएर बाँदरको पनि रगत र मासु खाएको बताएको थिए । उनले मानिसको मासु मिठो नभएर बाँदरको खाएको पनि बताएका थिए ।
लडाँईमा घाईते भएको सेनालाई हामीहरु एपचार गर्छौँ तर अमिन भने घाईतेलाई मारेर मासु र रगत खाने गर्थे । मदनजीत सिंहको पुस्तक कल्चर अफ द सेपल्करमा भने उनको कोठामा कसैलाई पनि जान निषेध गरिएको र कोठाभित्र पूर्व प्रैमीकाहरुको काटेको टाउको राखिएको भन्ने कुरा लेखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया