काठमाडौं । सनराइज बैंकले आफ्नो वित्तीय पहुँच बिस्तारको क्रममा नुवाकोटको बट्टारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बट्टारमा आफ्नो १२८ औँ शाखाको रुपमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
एक कार्यक्रमकाबिच उक्त शाखाको उद्घाटन सांसद नारायणप्रसाद खतिवडा, विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित तथा नुवाकोट उद्योग बाणिज्य महासंघका अध्यक्ष ताराबहादुर कार्कीले संयुक्त रुपमा गर्नुभएको हो । भने बैंकका प्रमुख कार्यकारी अधिकृत जनकराज शर्मा पौडेलले एटिएमको उद्घाटन गर्नुभएको हो। सांसद नारायण प्रसाद खतिवडाले बैंकले कृषि क्षेत्रमा लगानी प्रबद्र्धन गरि बिदेशी आयातलाइ न्युनीकरणमा जोड दिन आग्रह समेत गर्नुभएको छ । साथै बैंकका सीइओ पौडेलले बैंकले कृषि क्षेत्रलाइ सधै प्राथमिकतामा राखेर अघि बढनेमा प्रतिबद्धता व्यक्त गर्नुभयो ।
देशभर बैंकले हालसम्म १२८ वटा शाख कार्यालय मार्फत सेवा दिइरहेको छ । साथै ४० वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४७ वटा एटिएम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाइ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया