काठमाडौं । प्रेमको झुटो नाटक रच्दै आफ्नो प्यास मेटाउनेहरु प्रशस्त भेटिन्छन् यहाँ । प्रेमको नाटक गरि विवाह गर्छु भन्ने अनि बलात्कार ! सप्तरीमा यस्तै घटना सार्वजनिक भएको छ ।
विवाह गर्ने झुठो आश्वासन दिएर १७ वर्षीया किशोरीमाथि बलात्कार गर्ने एक युवकलाई सप्तरी प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको डाकनेश्वरी नगरपालिका–५ का २० वर्षीय सियाराम मण्डल खत्वे छन् ।
खत्वेले प्रेमको नाटक गर्दै घरमा कोही नभएका बेला किशोरीलाई बलात्कार गर्ने गरेको प्रहरीले जनाएको छ।
पीडितकी आमाका अनुसार अन्तिम पटक खत्वेले मङ्सिर १५ गते किशोरीलाई बलात्कार गरेको खुलेको छ । आमासँगै प्रहरी कार्यालय पुगेकी किशोरीले बिहेको झुटो आश्वासन दिइ बलात्कार गर्ने गरेको बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया