काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठकको चौथो दिन १२ नेताले धारणा राखेका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा केन्द्रीय कार्यालय, धुम्बाराहीमा आज चौथो बैठक बसेको थियो।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष हाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि स्थायी कमिटीका सदस्य र आमन्त्रित सदस्यले विचार राख्ने क्रम जारी छ।
प्रस्तुत प्रतिवेदन र विधान संशोधन प्रस्ताव सही नै रहेको धारणा राख्दै परिमार्जन र सुधारका लागि आ–आफ्ना थप सुझावसहित धारणाहरु राखेका हुन्।
बुधबार मातृका यादव, वर्षमान पुन, लिलामणी पोखरेल, प्रदीप ज्ञवाली, गिरिराजमणी पोखरेल, रघुजी पन्त, गोकर्ण विष्ट, हरिबोल गजुरेल, पृथ्वीसुब्बा गुरुङ, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल र डा. पुष्पराज कँडेलले धारणा राखेका हुन्।
नेकपा स्थायी समितिको अर्को बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया