नाउ क्याम्पमा भएको ‘एल क्लासिको’मा बार्सिलोना र रियल मड्रिडले गोल रहित बराबरी खेलेका छन् । स्पेनिस ला लिगाअन्तर्गत हिजो राति १२ :४५ बजे भएको उपाधि होडमा निर्णायक मानिएको सिजनको पहिलो एल क्लासिको बराबरीमा सकिएको हो ।
बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा दुवै टोलीले गोलका केही अवसर पाएका थिए । तर त्यसलाई सदुपयोग गर्न नसक्दा दुुबै टिम अंक बाँड्न बाध्य भएका हुन् । ७१ औं मिनेटमा रियलका गारेथ बेलले गोल गरे पनि अफसाइड घोषित भएको थियो ।
पछिल्लो नतिजाले साविक विजेता बार्सिलोना स्पेनिस लिगको तालिकामा शीर्ष स्थानमा यथावत छ भने गोल अन्तरका आधारमा रियल मड्रिड दोस्रो स्थानमा छ ।
ला लिगामा १ सय ७९ औँ भेट अक्टोबर २६ मा हुने भनिए पनि क्याटलोनियामा भएको राजनीतिक प्रर्दशनलाई लक्षित गर्दै एल क्लासिको सारिएको थियो ।
बुधबार खेलका लागि दुवै टिमलाई एकै होटलमा राखिएको थियो । सुरक्षाका कारण दुवै टिमले एकै होटलमा बसेका थिए ।
सन् २००२ यता एल क्लासिकोमा गोल हुन नसकेको यो पहिलो खेल हो ।
ला लिगामा कूल १७९ एल क्लासिको खेल हुँदा दुवै क्लबले समान ७२ जित हात पारेका छन् । ला लिगामा एल क्लासिको खेल बराबरीमा सकिएको भने यो ३५ औं पटक हो । दुुबै टीमको खातामा समान ३६ अंक छ । दुवैले तेस्रो स्थानको क्लब सेभिल्लासंग ५ अंकको अग्रता लिएका छन् । आईतबार सेभिल्लाले भिल्ला रियलविरुद्वको खेल गुमाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया