प्रतिनिधिसभाको हिउँदे अधिवेशन उपसभामुख तुम्बाहाम्फेको अध्यक्षतामा हुने

काठमाडौं । प्रतिनिधिसभाको हिउँदे अधिवेशनमा शुक्रबारदेखि हुने भएको छ ।

उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेको अध्यक्षतामा प्रतिनिसभाको हिउँदे अधिवेशनको पहिलो बैठक शुक्रबारदेखि शुरु हुने भएको हो ।

संसद बैठकको शुरुवात गरेरमात्र राजीनामा दिने तुम्बाहाम्फेको अडानमा नेकपा नेतृत्व सहमत भएपछि शुक्रबारको बैठक उपसभामुखकै अध्यक्षतामा शुरु हुन नेकपा स्रोतले जनाएको छ ।

प्रतिनिधिसभा नियमावलीमा बैठकको शुरु र अन्त्य सभामुखले गर्ने भनिएको छ । सभामुख नभएको अवस्थामा उपसभामुखले गर्ने भन्नेबारे नियमावली बोल्दैन । सभामुख र उपसभामुख दुवै नभएको अवस्थामा भने जेष्ठ सदस्यले अध्यक्षता गर्ने भनिएको छ ।

प्रतिनिधिसभा नियमावलीले नबोले पनि उपसभामुखले बैठकको अध्यक्षता गर्न लागेको संसद सचिवालय स्रोतले जनाएको छ । पूर्वसभामुख समेत रहेका नेम्वाङले सभामुख नभएको अवस्थामा उसले गर्ने काम उपसभामुखलाई गर्न नियम कानुनले नरोकेको बताएका छन् । उनले त विधेयक प्रमाणिकरण समेत गर्न सक्ने बताएका थिए ।

यो छुटाउनुभयो की ?

पदबाट बिदा हुने बेला विवादमा तानिइन् उपसभामुख

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?