गुणस्तरीय हेल्मेट कसरी छान्ने ? जान्नुहोस्

काठमाडौं । हेलमेट चालकको टाउकोको सुरक्षाका लागि महत्वपूर्ण मानिन्छ । त्यसैले मोटरसाइकल चलाउनेका लागि हेलमेट अनिवार्य छ । तर हामीमा सरकारी नियमको पालना गर्नका लागि मात्रै हेलमेट लगाउने परम्परा छ ।
यसले दुईपांग्रे सवारी चलाउनेहरुमा नेपालमा सस्तो हेलमेट प्रयोग गर्ने बानी नै बसेको छ । सस्तो गुुणस्तरहीन हेलमेट प्रयोग गर्दा नेपालमा ५ सयदेखिकै हेलमेट पाइन्छ । हामी दुुई पांग्रे सवारीसाधन प्रयोग गर्नेहरुले आफ्नो सुुरक्षाको लागि नभएर ट्राफिकलाई देखाउनको लागि नै सस्तो हेल्मेटको प्रयोग गर्छौँ ।

जसमा गुुणस्तर शुन्य हुन्छ । टाउकोको सुुरक्षा त यो हेल्मेटले गर्दैन नै साथमा आँखा पनि नदेख्ने बनाउँछ । गुुणस्तरिय हेल्मेटको प्रयोग गरि मोटरसाइकल तथा स्कुटर चलाएको खण्डमा दुर्घटनाबाट हुन सक्ने क्षतिलाई न्युनिकरण गर्न सकिने जानकारहरु बताउँछन् ।

मोटरसाइकल दुर्घटनाको समयमा राइडरलाई सबैभन्दा पहिले टाउकोमा चोट लाग्ने विभिन्न अध्ययनहरुले देखाएका छन् । मानव शरिरको सबैभन्दा संवेदनशील अंग टाउकोमा गहिरो चोट लाग्दा मानिसको ज्यान जाने संभावना उच्च हुन्छ । यस्तो अवस्थामा सुरक्षित र गुणस्तरिय हेल्मेट प्रयोग गरियो भने टाउकोमा हुने चोटका कारण मानिसको ज्यान जोगाउन सकिन्छ । त्यसैले हेल्मेटलाइ राइडरको सुरक्षा कवच मानिन्छ ।

गुुणस्तरिय हेल्मेट कसरी छान्ने ?

-सामान्यतया सबै हेलमेटको बाहिरी सिल कडा हुनुपर्छ ।
-सो सिल भेन्टीलेटर, कम्फर्ट र सहि सेपको हुनुपर्छ।
-त्यसको आउटर प्याड सुरक्षित हुनुपर्छ।
-घस्रिदा तथा लड्दासमेत नकोरिने खालको हुनुपर्छ ।
-हेल्मेटको अप एण्ड डाउन भिजन र होरिजेन्टल पनि गुणस्तरीय हुनुपर्छ ।
-आफ्नो टाउकोको आकारअनुसार फिट हुने हेलमेटको प्रयोग गर्नुपर्छ ।
-नक्कली हेलमेट पनि बजारमा पाइने हुँदा कुन देशको हेलमेट कुन गुणस्तरको हुन्छ भन्नेमा चनाखो रहनुपर्छ ।
हेल्मेट लगाउँदा कुनै आवाज आउँछ कि आउँदैन त्यो कुरामा ध्यान दिनुपर्छ । यदि तपाईँले लगाउँदै गरेको हेल्मेट गुणस्तर युक्त छ भने त्यसबाट हेल्मेट लगाउँदै गर्दा कुनै आवाज निस्किन्छ । गुणस्तरहहिन छ भने उक्त हेल्मेटबाट आवाज निस्कदैन।

प्रयोगकर्ताले सुरक्षित रहन के कुरामा ध्यान दिने ?

-आफूले प्रयोग गर्दै आएको हेलमेट लामो समयसम्म नधुँदा कपाल झर्छ, छालामा एलर्जी आउँछ, टाउको चिलाउँछ । शारिरिक मात्र नभइ मानसिक रुपमा पनि स्वस्थ रहन आफूले लगाउने कपडाझैँ हेलमेटको भित्रीभाग निकालेर समय समयमा राम्रोसँग धुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?