नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचनको परिणामले सरकारप्रति जनताको वितृष्णा बढेको प्रमाणित भएको बताउनुभएको छ ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताउनुभएको हो । यसअघि नेकपाले जितेका भक्तपुर, चितवन र धरानमा नेपाली कांग्रेसले आफ्नो जित दर्ता गरेको विषयमालाई चानचुने रुपमा नलिई निराश नहुन पनि उहाँले कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । कम्युनिष्ट र अरु पार्टीहरुप्रति देखिएको वितृष्णाले नेपाली कांग्रेसप्रति जनताको आकर्षण बढेको उहाँको भनाई छ ।
सभापति देउवाले पार्टी प्रवेश गरेका व्यक्तिहरुलाई आवश्यक सम्मानसहितको भूमिका पार्टीमा दिइने विश्वास पनि दिलाउनुभएको छ । यस्तै पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहन बस्नेतले नेकपाले चुनाव जितेका धेरै ठाउँमा कांग्रेसको भोट बढेको बताउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया