काठमाडौं । गण्डकी विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार बैंकले १७.३२ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । १७.३२ प्रतिशतको नगद लाभांश अन्तर्गत ४७ करोड ६३ लाख बराबरको लाभांश पर्दछ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ७५ करोड रहेको छ ।
नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने कम्पनीले जनाएको छ ।
बैंकको बुधबार बसेको संचालक समितिको बैठकले लाभांश पारित गर्ने निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया