काठमाडौं । २१ औं शताब्दीमा आइपुग्दा पनि नारीहरु अझै यौनजन्य हिंसाका शिकार बनिरहेका छन् । नाबालिकादेखि ७०-८० वर्षीय वृद्दा हजुरआमा समेत बलात्कार अनि यौनजन्य हिंसाबाट ग्रसित छन् । यौनजन्य दुर्व्यवहार गर्नेहरुमा अधिकांस आफ्नै घर भित्रका रहेका छन् । यौनजन्य दुर्व्यहारको प्रमुख निशानामा अधिकांस नाबालिका, बालिका र किशोरीहरु नै पर्ने गरेका छन् ।
त्यसैगरी शारीरिक अशक्तता बालिका, युवती तथा महिलाहरु पनि बलात्कारीको प्रमुख निसानामा परेका छन् । पछिल्लो समय मुलुकभर जबरजस्ती करणीका घटना बढेका छन् । विगत ६ वर्ष यताको तथ्यांक हेर्ने हो भने नेपालमा बलात्कारको घटना दोब्बरले बढेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार २०७० र २०७१ मा ९ सय १२ वटा घटना भएको थियो । त्यसैगरी २०७१र७२ मा ९ सय ८१, २०७२र७३ मा १ हजार ८९, २०७३र७४ मा १ हजार १ सय ३१ र २०७४र७५ मा १ हजार ४ सय ८० घटना भएको देखिन्छ भने त्यो संख्या दोब्बर बढेर २०७५र७६ सम्म आइपुग्दा २ हजार २ सय ३० पुगेको छ।
७७ वटै जिल्लामध्ये सबैभन्दा बढी घटना काठमाडौंमै भएको छ। त्यसपछि झापामा धेरै घटना भएको प्रहरी तथ्यांकले देखाउँछ। त्यसपछि सुनसरी, मोरङ र कैलालीमा धेरै घटना भएको तथ्यांक छ।
बलात्कारसँगै हत्याका घटनाहरु पनि धेरै नै ह’न थालेका छन् । पछिल्लो समय दिनहुँ जसो बलात्कारका घटना सार्वजनिक हुन् थालेका छन् । वर्ष २०७५र७६ कै कुरा गरौँ । २०७५र०७६ मा बलात्कार र बलात्करपछिको हत्याले निक्कै नै डरलाग्दो रुप लिएको छ ।
घटना नम्बर १
निर्मलाको बलात्कार र हत्या प्रकरण : कञ्चनपुर भीमदत्त नगरपालिका २ की १३ वर्षिया बालिका निर्मला पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या भयो । घटना भएपछि प्रहरीले अनुसन्धानका लागि भन्दै संकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लियो । जिल्ला प्रहरी कार्यालय कंचनपुरले भदौ ५ गते निर्मलाको हत्यामा संलग्न भएको भन्दै भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । विष्टलाई प्रहरीले सार्वजनिक गरेपछि मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई फसाउन खोजेको भन्दै घटनाले निकै नै उग्र रुप लियो । राष्ट्रिय स्तरमा नै घटनाको विरोध गर्दै प्रदर्शन भयो । प्रदर्शनकै क्रममा झडपमा प्रहरीले गोली चलाउँदा भीमदत्तनगरपालिका–१८ का १४ वर्षीय सनी खुनाको मृत्यु भयो । केहि व्यक्ति घाइते समेत भए । तर घटना भएको १७ महिना बित्दा समेत अझै अपराधि पत्ता लाग्न सकेको छैन ।
घटना नम्बर २
घटना २०७५ असोजको हो । असोज ८ गते पोखरा महानगरपालिका २२ पुम्दीभुम्दी कोदीकी १० वर्षीया बालिका श्रेया बिक पनि बलात्कार पछि हत्या भयो । बिस्कुट किन्न साँझ घरबाट निस्केकी उनी घर फर्कन पाइनन् । असोज ९ गते बिहानै झाडीमा अर्धनग्न अवस्थामा मृत भेटिएकी थिइन् श्रेया । उनको टाउकोमा केही चोटहरु र छेउमा ढुङ्गाहरु थिए । यो घटना भएको १६ घण्टामै अपराधि पक्राउ गर्न सफल भयो । प्रहरीले घटनामा संलग्न भएको शंकामा २७ जनालाई अनुसन्धान गरेको थियो । जसमा श्रेयाका छिमेकी रहेका कुशुम पौडेलले बलात्कार पछि आफैले हत्या गरेको स्वीकारे । उनि अहिले प्रहरी हिरासतमा छन् ।
घटना नम्बर ३
विराटनगर महानगरपालिका–बलुवाईकी ११ वर्षीया बालिका रुपमती दासको बलात्कारपछि हत्या भयो । विराटनगर महानगरपालिका(८ बलुवाईकी ११ वर्षीया बालिका गुडिया भनिने रुपमती गत शनिवार घरबाट छिमेकमा टिभी हेर्न जाने क्रममा हराएकी थिइन् । भोलिपल्ट बिहान घरदेखि करिब ५०० मिटर दक्षिण खोलामा नग्न अवस्थामा शव भेटिएको थियो ।
२ युवकले लागूऔषधको नसामा बालिकाको बलात्कारपछि हत्या गरेर शव खोलामा फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो ।
घटना नम्बर ४
यो घटना धनुषाको हो । २०७५ असोज ९ गते धनुषामा १० वर्षीया बालिकाको बलात्कारपछि हत्या भयो ।
धनुषाको औरही गाउँपालिका(२ का राम अशिष यादवकी १० वर्षकी छोरी मनिता कुमारी यादवको ९ राति बलात्कार पश्चात हत्या भएको बताइएको छ ।
बलात्कारपछि हत्या गरिएको अवस्थामा बालिका मनिताको शव असोज १० शनिबार दिउँसो घरबाट झण्डै १ किलोमिटर टाढा धान खेतमा फेला परेको थियो।
घटना नम्बर ५
घटना उदयपुरको रौतामाई गाउँपालिका ३ लाफागाउँको हो । १२ वर्षीया बालिका एन्जिला खडकाको आफ्नै सहपाठीबाट बलात्कारपछि हत्या भयो ।
एन्जिलाको सहपाठी दिपे भन्ने १५ वर्षीय दिपेन्द्र राई र रोजन भन्ने १७ वर्षीय पदमविर राईले सामूहिक बलात्कारपछि हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको हो ।
रौतामाई ३ अमलाकै दिपेन्द र एन्जिला स्थानीय जनता माध्यमिक विद्यालय रसुवा लाफागाँउ कक्षा ९ मा अध्ययनरत थिए । गत शनिबार बाख्रा चराउन घर नजिकैको बुर्खाडाँडा जंगलतर्फ गएकी एन्जिलालाई पछ्याउँदै दिपेन्द्रले उनका साथी पदमविरसँग मिलेर सामूहिक बलात्कार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आयो ।
घटना नम्बर ६
गत वर्षको फागुनमा धनुषामा क्रुर घटना घट्यो । धनुषाको मिथिला नगरपालिका ३ हरिहरपुरस्थित ११ वर्षीया रेश्मा भन्ने दुतीया रसाइलीलाई बलात्कारपछि हत्या गरि जलाइयो ।
बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले धनुषा बटेश्वर–४ स्थित काका घरमा बस्ने २२ वर्षीया निरज जर्घामगरलाई प्रहरीले पक्राउ गर्यो ।
मामा घर आएका बेला विवाहमा नाच्दै गरेकी ११ वर्षीया बालिकालाई निरजले फ्रुटी र चाउचाउको प्रलोभनमा बस्ती बाहिर लगेर बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।
यी घटना त प्रतिनिधि घटना मात्र हुन् । यस्ता घटनाहरु त दिनहुँ बढ्दै गइरहेका छन् । हिजोआज समाचारको हेडलाइन बनेको छ बलात्कारको घटनाहरु । बिहान घरबाट सकुसल घरबाट हात हल्लाउदै निस्कका छोरीहरु सकुशल फिर्ता हुन्छिन् कि हुदिनन् भन्ने चिन्ता आम अभिभावकमा छ । अझ डर र त्रासले लुकाइएका घटना कति होलान् रु
किन दिनानुदिन बढ्दै छ बलात्कारका घटना ?
पछिल्लो समय नेपालमा आपराधिक गतिविधिहरु बढ्दै गइरहेको । अपराधिक घटना बढ्नुको जनसंख्या वृद्धि, बेरोजगारी, फितलो कान”नर शहरीकरण आदि हुन् । शिक्षाको कमी चेतनाको कममी आत्मनिर्भर नह’न’ यसबाहेक राजनीतिक तहबाटै दण्डहीनतालाई प्रोत्साहन गर्ने गरी भइरहेका क्रियाकलापले समाजमा यस्ता जघन्य अपराध भइरहेका छन् ।
नेपालमा बलात्कारको घटना दिनहुँ बढ्नुको अर्को कारण पितृसत्तात्मक सोच पनि हो । हाम्रो समाजले पुरुषप्रधानतालाई काखी च्यापेको छ । छोरीले अघि बढ्नु हुँदैन भन्ने सोच हाम्रो समाजबाट अझै हट्न सकेको छैन् ।
कतै प्रेमको नाममा त, कतै जागिरको प्रलोभनमा त कतै ललिपप र चिची पापाको नाममा दिनानुदिन बढिरहेका छन्, बलात्कारका घटना ।
कानून नभएको होइन । नेपालको कानून अनुसार कसैको मन्जुरी बिना करकाव, डर, धम्की वा बल प्रयोग गरि जबरजस्ती गरिने यौन क्रियालाई बलात्कार भनिन्छ । त्यसै गरी उमेर नपुगेका बालिकालाइ ललाइ फकाइ, मन्जुरी लिइ वा नलिइ गरिने यौनकार्यलाइ पनि बलात्कारको रुपमा लिइन्छ भनि उल्लेख गरिएको छ । कुनै महिलामाथी बलात्कार हुनुका थुप्रै कारणहरु हुन सक्दछन् तर ति मध्ये मुख्य कारण चाहीँ महिलाको शरिरलाई वस्तुको रुपमा हेर्ने पितृसत्तात्मक सोच हो । महिलाको शरिरलाइ खेलौना तथा मनोरञ्जनको साधनको रुपमा हेर्ने पुरुषको नालायकी सोचको कारणले नै महिलामाथी बलात्कारका घटनाहरु हुने गरेका छन् । बलात्कारका घटनाहरु हुनुका अन्य कारणहरुमा पुरुषहरु वैदेशिक रोजगारीको लागी विदेश जानु, स्कुल तथा कलेजमै ब्वाइएईफ्रेन्ड र गर्लफ्रेन्ड संस्कृतीको विकास हुनु अनि विवाह नगरी सँगै बस्नु (लिभिङ टुगेदर) का कारणले पनि बलात्कारको घटना हुने गरेको छ ।
मुलुकी अपराध संहिता, २०७४ अनुसार करणी सम्बन्धी कसूर
परिच्छेद – १८ करणी सम्बन्धी कसूर
२१९। जवर्जस्ती करणी गर्न नहुनेः ९१० कसैले जवर्जस्ती करणी गर्न हुँदैन ।
९२० कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवर्जस्ती करणी गरेको मानिनेछ ।
स्पष्टीकरणः यस परिच्छेदको प्रयोजनको लागिः
९क० करकाप, अनुचित प्रभाव, डर, त्रास, झुक्यानमा पारी वा अपहरण गरी वा शरीर बन्धक लिई लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन,
९ख० होस ठेगानमा नरहेको अवस्थामा लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन,
९ग० गुदद्वार वा मुखमा लिङ्ग पसाएमा, गुदद्वार, मुख वा योनीमा लिङ्ग केही मात्र पसेको भएमा, लिङ्ग बाहेक अन्य कुनै वस्तु योनीमा प्रवेश गराएमा पनि जवर्जस्ती करणी गरेको मानिनेछ ।
९३० जवर्जस्ती करणी गर्ने व्यक्तिलाई त्यसरी करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी देहाय बमोजिम कैद हुनेछ स्–
९क० दश वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपाङ्गता भएका वा सत्तरी वर्षभन्दा बढी उमेरका महिला भए जन्म कैद,
९ख० दश वर्ष वा दश वर्षभन्दा बढी चौध वर्षभन्दा कम उमेरकी बालिका भए अठार वर्षदखि बीस वर्षसम्म,
९ग० चौध वर्ष वा चौध वर्षभन्दा बढी सोह्र वर्षभन्दा कम उमेरकी बालिका भए बाह्र वर्षदेखि चौध वर्षसम्म,
९घ० सोह्र वर्ष वा सोह्र वर्षभन्दा बढी अठार वर्षभन्दा कम उमेरकी महिला भए दश वर्षदेखि बाह्र वर्षसम्म,
९ङ० अठार वर्ष वा अठार वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि दश वर्षसम्म ।
९४० उपदफा ९३० मा जुनसुकै कुरा लेखिएको भए तापनि बैबाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जवरजस्ती करणी गरेमा पाँच वर्ष सम्म कैद हुनेछ ।
तर देहायको अवस्थालाई वैवाहिक सम्बन्ध कायम रहेको मानिने छैनः–
९क० पतिसँग मानो छुट्टिई अंश मुद्दा चलेको,
९ख० पतिसँग अङ्श लिई छुट्टै बसेको,
९ग० पतिसँग सम्बन्ध विच्छेद मुद्दा चलेको ।
९५० उपदफा ९४० बमोजिमको अवस्थामा पीडितको निवेदन माग बमोजिम आवश्यक भएमा अदालतले पतिको नाममा देहाय बमोजिमको आदेश जारी गर्न सक्नेछः–
९क० पत्नीलाई निज बसी आएको घरमा नै बसोबास गर्न दिन, पत्नीलाई खान लाउन दिन, कुटपिट नगर्न तथा शिष्ट र सभ्य व्यवहार गर्न लगाउन,
९ख० पत्नीलाई आवश्यक उपचार गराउन वा उपचारका लागि उपयुक्त रकम दिन लगाउन,
९ग० दुवैलाई एकै ठाउँमा बसोबास गर्न उपयुक्त हुने नदेखिएमा पतिलाई अलग बस्ने व्यवस्था गर्न तथा त्यसरी अ
लग बस्दा पत्नीको भरणपोषणको लागि आवश्यक व्यवस्था गर्न लगाउन,
९घ० पत्नीलाई कुनै प्रकारले दुःख दिने वा सताउने कार्य नगर्न र पत्नीको हित र सुरक्षाको निमित्त आवश्यक र उपयुक्त कुरा गर्न गराउन ।
९६० उपदफा ९३० मा जुनसुकै कुरा लेखिएको भए तापनि आफूलाई मानवरोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जिवाणु ९एच।आई।भी।पोजिटिभ० वा सरुवा यौनरोग ९सेक्सुअली ट्रान्समिटेड डिजिज० भएको थाहा पाउँँदा पाउँँदै कसैले जवर्जस्ती करणी गरेको रहेछ भने त्यस्तो कसूरदारलाई उपदफा ९३० मा लेखिएको सजायमा देहाय बमोजिमको थप सजाय समेत हुनेछः–
९क० मानवरोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जिवाणु ९एच।आई।भी। पोजिटिभ० भएको थाहा पाउँदा पाउँदै जवर्जस्ती करणी भएको भए दफा १०५ बमोजिमको सजाय,
९ख० अन्य सरुवा यौनरोग ९सेक्सुअली ट्रान्समिटेड डिजिज० भएको थाहा पाउँदा पाउँदै जवर्जस्ती करणी भएको भए तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना ।
९७० सामूहिक रुपमा जवर्जस्ती करणी गरेमा वा छ महिनाभन्दा बढीको गर्भवती, अशक्त वा अपाङ्ग वा शारीरिक वा मानसिक रुपमा अस्वस्थ महिलालाई वा हातहतियार देखाई जवर्जस्ती करणी गरेमा उपदफा ९३० मा लेखिएको सजायमा थप पाँच वर्षसम्म कैद सजाय हुनेछ ।
तर पूर्ण अशक्त अपाङ्गता भएकी महिला भएमा उपदफा ९३० को खण्ड ९क० बमोजिमको सजाय हुनेछ ।
९८० कसैले हाडनाताकी महिलालाई जवर्जस्ती करणी गरेकोेमा निजलाई हाडनाता करणीमा सजाय हुने रहेछ भने यस परिच्छेद बमोजिमको सजायमा हाडनाताको करणीमा हुने सजाय समेत थप हुनेछ ।
२२०। हाडनातामा करणी गर्न नहुनेः ९१० कसैले आफ्नो जात वा कुलमा चली आएको चलन, परम्परा वा मान्यता अनुसार विवाह गर्न नहुने नाताको व्यक्ति हो भन्ने जानीजानी त्यस्तो व्यक्तिसँग करणी लिनु दिनु हुँदैन ।
९२० देहायका नातामा उपदफा ९१० बमोजिमको कसूर गर्नेलाई देहाय बमोजिम सजाय हुनेछः–
९क० जन्माउने आमा छोराको वा बाबु छोरीको करणी भएमा जन्मकैद,
९ख० सौतेनी आमा छोरा वा बाबु छोरी, सहोदर दिदी भाइ वा दाजु बहिनी, एकै हाँगाको ससुरा बुहारी, एकै हाँगाको बाजे नातिनी वा पनातिनी, एकै हाँगाका जेठाजु र भाइ बुहारी वा देवर भाउजूको करणी भएमा चार वर्षदेखि दश वर्षसम्म कैद र चालीस हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना,
९ग० एकै हाँगाको तीन पुस्तासम्मको बज्यै, नाति वा पनाति, एकै हाँगाको ठूलो बाबु वा काका भतिजी, एकै हाँगाको भतिजो ठूली आमा वा काकी, एकै हाँगाको ससुरो भतिजी बुहारी, साख्यै मामा भाञ्जी वा भानिज माइजु, आमा तर्फका ठूली आमा वा सानी आमा र छोरा र आफ्नी श्रीमती तर्फकी सासू र ज्वाँइको करणी भएमा तीन वर्षदेखि छ वर्षसम्म कैद र तीस हजार रुपैयाँदेखि साठी हजार रुपैयाँसम्म जरिबाना,
९घ० खण्ड ९क०, ९ख० वा ९ग० मा लेखिएदेखि बाहेक आप्mनो वंशका सात पुस्तासम्मका अन्य नातामा करणी भएमा हाँगो, नाता र पुस्ता समेत विचार गरी एक वर्षदेखि तीन वर्षसम्म कैद र दश हजार रुपैयाँदेखि तीस हजार रुपैयाँसम्म जरिबाना ।
२२१। थुनामा रहेको व्यक्तिसँग करणी गर्न नहुनेः ९१० कैद वा थुनामा रहेको कुनै व्यक्तिसँग सरकारी कर्मचारीले करणी गर्न वा करणी गर्न अरु कसैलाई संयोग पारी मिलाई दिई करणी गराउन हुँदैन ।
९२० उपदफा ९१० बमोजिम करणी गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद सजाय हुनेछ र त्यस्तो करणी यस संहिता वा अन्य कानून अनुसार पनि कसूर हुने रहेछ भने सो बमोजिमको सजायमा यस दफा बमोजिमको सजाय थप हुनेछ ।
२२२। आफ्नो संरक्षण वा सुरक्षामा रहेको व्यक्तिसँग करणी गर्न नहुनेः ९१० कसैले आफूले संरक्षण वा सुरक्षा दिएको वा आफ्नो हेरविचारमा रहेको कुनै व्यक्तिसँग करणी गर्न वा करणी गर्न अरुलाई सहयोग गर्न वा होस ठेगानमा नरहेको वा शारीरिक वा मानसिक रोग लागी उपचार वा पुनस्र्थापना गर्ने कुनै संस्थामा राखिएको कुनै व्यक्तिसँग त्यस्तो संस्थाका पदाधिकारी वा कर्मचारीले करणी गर्न हुँदैन ।
९२० उपदफा ९१० बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद हुनेछ र त्यस्तो करणी यस संहिता वा अन्य कानून अनुसार पनि कसूर हुने रहेछ भने सो बमोजिम हुने सजायमा यस दफाको सजाय थप हुनेछ ।
२२३। कार्यालय वा पेशागत सेवा प्राप्त गर्ने व्यक्तिसँग करणी गर्न नहुनेः ९१० सरकारी वा निजी कार्यालयमा कार्यरत वा कुनै पेशागत सेवा वा व्यावसायिक कामको लागि सम्पर्कमा आएको वा रहेको कुनै व्यक्तिसँग त्यस्तो कार्यालयमा काम गर्ने कर्मचारी वा त्यस्तो सेवा उपलब्ध गराउने व्यक्तिले कार्यालयको काम गर्दा वा त्यस्तो सेवा उपलब्ध गराउँदा वा गराउने स्थानमा करणी गर्न वा करणी गर्न अरुलाई सहयोग गर्न हुँदैन ।
९२० उपदफा ९१० बमोजिमको कसूर गर्ने व्यक्तिलाई चार वर्षसम्म कैद र चालीस हजार रुपैयाँँसम्म जरिबाना हुनेछ र त्यस्तो करणी यस संहिता वा अन्य कानून अनुसार पनि कसूर हुने रहेछ भने सो बमोजिम हुने सजायमा यस दफाको सजाय थप हुनेछ ।
२२४। यौन दुव्र्यवहार गर्न नहुनेः ९१० कसैले कसैलाई यौन दुव्र्यवहार गर्न वा गराउनु हुँदैन ।
९२० कसैले आफ्नो पति वा पत्नी बाहेक अन्य व्यक्तिलाई निजको मञ्जुरी विना करणीका आशयले समातेमा वा निजको संवेदनशील अङ्ग छोएमा वा छुन प्रयास गरेमा, निजको भित्री पोशाक खोलेमा वा खोल्ने प्रयास गरेमा, निजले लगाउने भित्री पोशाक लगाउन वा फुकाल्न कुनै किसिमले बाधा अवरोध गरेमा वा निजलाई अस्वाभाविक रुपमा कुनै एकान्त ठाउँमा लगेमा, यौन सम्बन्धी आफ्नो अङ्ग निजलाई छुन, समाउन लगाएमा, निजसँग अश्लिल वा अन्य त्यस्तै प्रकारको शब्द मौखिक, लिखित वा साङ्केतिक रुपमा वा विद्युतीय माध्यमबाट प्रयोग गरेमा, अश्लिल चित्र वा तस्वीर देखाएमा, यौनका आशयले जिस्क्याएमा वा हैरानी दिएमा वा निजसँग अस्वाभाविक, अवाञ्छित वा अमर्यादित व्यवहार गरेमा निजले यौन दुव्र्यवहार गरेको मानिनेछ ।
९३० उपदफा ९१० बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।
२२५। बालयौन दुरुपयोग गर्न नहुनेः ९१० कसैले बालयौन दुरुपयोग गर्न वा गराउन हुँदैन ।
९२० कसैले करणीका आशयले बालबालिकालाई अस्वाभाविक रुपमा एकान्तमा लगेमा, यौन सम्बन्धी निजको अङ्ग छोएमा वा समातेमा, यौन सम्बन्धी आफ्नो अङ्ग निजलाई छुन वा समाउन लगाएमा वा निजसँग अन्य कुनै किसिमको यौनजन्य अस्वाभाविक व्यवहार गरेमा बालयौन दुरुपयोग गरेको मानिनेछ ।
९३० उपदफा ९१० बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
२२६। अप्राकृतिक मैथुन गर्न नहुनेः ९१० कसैले कसैको मञ्जुरी विना अप्राकृतिक मैथुन गर्नु वा गराउनु हुँदैन ।
स्पष्टीकरणः यस उपदफाको प्रयोजनको लागि बालबालिकाले दिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन ।
९२० उपदफा ९१० बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।
९३० बालबालिका बिरुद्ध उपदफा ९१० बमोजिमको कसूर गर्ने व्यक्तिलाई दफा २१९ बमोजिम सजाय हुनेछ ।
२२७। पशु करणी गर्न नहुनेः ९१० कसैले पनि पशु करणी गर्नु वा गराउनु हुँदैन ।
९२० उपदफा ९१० बमोजिमको कसूर गर्ने व्यक्तिलाई गाईको करणी गरे वा गराएको भए दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँँँसम्म जरिबाना र अन्य पशु करणी गरे वा गराएको भए एक वर्षसम्म कैद र दश हजार रुपैंयाँसम्म जरिबाना हुनेछ ।
२२८। क्षतिपूर्ति भराई दिनु पर्नेः दफा २२० र २२७ अन्तर्गतको कसूर बाहेक यस परिच्छेद बमोजिमको अन्य कसूरबाट पीडित व्यक्तिलाई कसूरदारबाट मनासिब क्षतिपूर्ति भराई दिनु पर्नेछ ।
तर कसूरदारको कुनै सम्पत्ति नभई जबरजस्ती करणीको कसूरबाट पीडितले क्षतिपूर्ति नपाउने देखिएमा र प्रचलित कानून बमोजिमको पीडित राहत कोष स्थापना भइनसकेको अवस्थामा अदालतले नेपाल सरकारको महिला तथा बालबालिका विषय हेर्ने निकायको नाममा क्षतिपूर्ति स्वरुप उचित रकम पीडितलाई भराइदिने गरी आदेश गर्न सक्नेछ र त्यसरी आदेश भएमा सो कार्यालयबाट क्षतिपूर्ति बापतको रकम तत्काल पीडितलाई उपलब्ध गराउनु पर्नेछ।
२२९। हदम्यादः ९१० दफा २२० अन्तर्गतको कसूरमा जहिले सुकै पनि उजुर गर्न सकिनेछ ।
९२० दफा २१९, २२१, २२२, २२३, २२४, २२५ र २२६ को उपदफा ९३० अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको मितिले एक वर्षभित्र र यस परिच्छेद अन्तर्गतको अन्य कसूरमा त्यस्तो कसूर भएको कुरा थाहा पाएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन ।
तर थुनामा रहेको वा नियन्त्रणमा लिएको वा अपहरण गरेको वा शरीर बन्धक लिएको व्यक्ति विरुद्ध कसूर भएकोमा थुना, नियन्त्रण अपहरण वा शरीर बन्धकबाट मुक्ति पाएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन ।
तर कानुन फितलो बन्दा नेपालमा बलात्कार र यौन जन्य हिंसाले बिकराल रुप लिएको छ ।
महिला राष्ट्रपति भएको नेपालमा बलात्कार जस्तो जघन्य अपराध हुँदा समेत दुख व्यक्त मात्र हुन्छ । विज्ञप्ति निकालेर दुख व्यक्त गरिन्छ अनि सकिन्छ । आफू देशको लिडर हुँ भन्दै हिड्ने राजनीतिज्ञ पनि बलात्कारीलाई छुटाउन प्रशासनसँग लिबिङ गर्छन् । र धरौटीमा छुटाउन हरबखत लागि पर्छन् । आफुलाई पहुँच वाला सम्झनेहरु बलात्कारको घटनामा संलग्न छन् । आफूलाई महिलाकर्मी हूँ भनेर चिनाउने महिला तथा बालबालिका अधिकार कर्मीहरु मात्र बाल दिवस र नारी दिवसमा पाँचतारे होटलमा भाषण गर्छन् । अनि डलरको खेति गर्नमै व्यस्त छन् ।
विकट र दुरदराजका नारीहरु अशिक्षा र जनचेतनाका कमि कै कारण आज हिंसाका शिकार बन्न बाध्य छन् ।अन्याय सहेर बसेका छन् ।आफ्नो पीडा व्यक्त गर्नै सकेका छैनन् । पिडा व्यक्त गर्दा झनै पीडामा परिन्छ की भनेर भित्र भित्रै दबाएर बस्न बाध्य छन् । आफ्नै हजुरबुवा, बाबु, दाजुभाईबाटै बलात्कृत हुन्छन् छोरीहरु ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया