काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह भएको भोलिपल्ट काठमाडौँ विश्वविद्यालयको पनि भएको छ ।
सो अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा सबै नेपालीको सामूहिक आकांक्षा भएकाले त्यसलाई पूर्ति गर्न विश्वविद्यायलबाट पाएको ज्ञान, सीप, अठोट, प्रतिबद्धता, आत्मबल र चरित्रहरुलाई व्यवहारमा उतार्न आवश्यक रहेको बताए ।
काठमाडौँ विश्वविद्यालयको आज सम्पन्न २५ औँ दीक्षान्तबाट एक हजार ५४६ जना दीक्षित भएका छन् । दीक्षित हुनेमा १६ जना विद्यावारिधि र ५५ जना एमफिलसहित स्नातक र स्नातकोत्तर तहका विद्यार्थीहरु रहेका छन् । दीक्षित हुनेमा मानविकीतर्फ २११, शिक्षातर्फ १६८, इञ्जिनीयरिङतर्फ ३७१, कलातर्फ ४१, व्यवस्थापनतर्फ ४८३ र विज्ञानतर्फ २६० जना रहेको विश्वविद्यालयले जनाएको छ । दीक्षित हुनेमा अर्जेन्टिना, भारत, इजरायल, जापान, केन्या, मालदिभ्स, पाकिस्तान, स्वीडेन, युक्रेन, बेलायत र अमेरिका गरी ११ देशका १३ जना विद्यार्थी रहेका छन् । दीक्षित हुनेमध्ये पुरुष ८६७ र महिलातर्फ ६७९ जना रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया