काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले १५ दशमलव ७९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकको पुस ६ गतेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
निर्णय अनुसार १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद दिने निर्णय गरेको बैंकले जनाएको छ । साथै प्रस्तावित उक्त लाभांश भने नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउने बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया