काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटीसी) ले आफ्नो वार्षिक साधारण सभा बोलाएको छ । गत आर्थिक वर्षको मुनाफाबाट प्रदान गर्ने भनेको लाभांश वितरण गर्न उक्त सभा बोलाएको कम्पनीले जनाएको छ । कम्पनीले यही पुस २९ गते बाह्रौँ वार्षिक साधारण सभा बोलाएको हो ।
गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगनानीकर्ताहरुलाई प्रति शेयर ४५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव कम्पनीले अघि सारेको छ । कम्पनीले साधारण सभा मार्फत लाभांश प्रस्ताव तथा अन्य विषयमा छलफलका लागि बोलाएको जनाएको छ ।
कम्पनीले साधारण सभामार्फत लाभांशका लागि पुस १५ गतेदेखि २९ गतेसम्म बुक क्लोज हुने समय तोकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया