एजेन्सी । चीनको उत्तरपश्चिमी क्षेत्रमा पर्ने उयगुर स्वशासीत क्षेत्रमा गत एघार महिनामा गरिबी रेखा मुनीमा परेका लागि ७५ हजार रोजगारी सिर्जना भएको छ ।
स्थानीय अधिकारीहरुले दिएको जानकारीअनुसार सन् २०१९ का सुरुका ११ महिनामा त्यति रोजगारी सिर्जना भएको हो ।
गत नोभेम्बरको अन्त्यसम्मको विवरणमा कुल ७५ हजार नौ सय ३३ रोजगारी सिर्जना भएको उल्लेख गरिएको छ ।
दक्षिणी सिङजियाङका गरिबीबाट प्रभावित २२ ठाउँका गरिब समुदायका व्यक्तिहरुका लागि ती रोजगारीहरु सिर्जना गरिएका हुन् ।
जनशक्ती र सामाजिक सुरक्षा सम्वन्धी क्षेत्रीय विभागका अधिकारीहरुले दिएको जानकारीअनुसार सिङजीयाङले सृङ्खलाबद्ध रुपमा सिप विकास सम्वन्धी निःशुल्क तालिमहरु सञ्चालन गरेको थियो ।
सिप विकास सम्वन्धी तालिम तथा कार्यक्रमहरु झण्डै एक लाख ८० हजार जना स्थानीय गरिब समूदायका व्यक्तिहरुका लागि सञ्चालन गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया