काठमाडौं – समाजवादी पार्टीका अध्यक्ष एवम् उपप्रधानमन्त्री समेत रहेका कानून, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् ।
हिजो मन्त्रिपरिषद् बैठकमा एकाएक संविधान संशोधन प्रस्ताव लगेका उनले प्रधानमन्त्री तथा सत्तारुढ नेकपा पार्टी अध्यक्ष केपी शर्मा ओलीको हप्काई खाएका थिए ।
मन्त्रिपरिषद्को सोमबारको नियमित बैठक सकिएपछि यादवले ‘प्रधानमन्त्रीज्यू १ मेरो एउटा प्रस्ताव छ।’ भन्दै बन्द खाम दिएका थिए । प्रधानमन्त्री केपी ओलीले भने, ‘के प्रस्ताव ’ हो भनेपछि मन्त्री यादवले बन्द खाम झिकेर टेबुलमा राख्दै भने, ‘यो संविधान संशोधन प्रस्ताव हो। म यहाँ पेस गर्दछु।’
एकाएक ठाडो प्रस्ताव आएपछि प्रधानमन्त्री ओलीले ५ प्रतिप्रश्न गरेका थिए ।
उनले कड्किदै ‘संविधान संशोधन प्रस्ताव जति बेला मन लाग्यो त्यति बेला ल्याउने हो ? एउटाले ल्याएर हुन्छ ? संशोधन एउटा मन्त्रीले भनेर हुन्छ ? जसले जसरी जुन बेला ल्याए पनि हुने ? यही हो विधि संविधान संशोधन गर्न राजनीतिक सहमति चाहिँदैन ?’ भनेर बाहिरीएका थिए । हिजो बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्रीसँग मन्त्री यादव एक शब्द पनि बोल्न सकेनन् । उनले प्रधानमन्त्री ओलीलाई कुनै जवाफ नदिएको बुझिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकमा उपप्रधानमन्त्री यादवले ‘नेपालको संविधानमा संशोधन, परिमार्जन एवम् सुधार गर्नुपर्ने विषय अध्ययन गर्न समिति गठन गर्ने सम्बन्धमा’ भन्दै दुई पृष्ठ लामो प्रस्ताव लगेका थिए ।
उनी भन्छन्, नेपाल सरकार कार्यासम्पादन नियमावली २०६४ को अनुसूची १ को विषय संख्या ४२ बमोजिम मैले प्रस्ताव लगेको थिएँ ।
केही दिनअघिदेखि समाजवादी पार्टी नेपालले सरकारबाट बाहिरिने तयारी गरेको थियो ।
संविधान संशोधनको लागि भन्दै सरकारमा सहभागी भएको सो पार्टीले त्यो सम्भव नहुने देखिएपछि सरकारबाट बाहिरिनुपरेको बताएको छ ।
उपेन्द्र यादवले सरकार छाड्ने, केहिबेरमा राजीनामा दिने तयारी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया