काठमाडौं । अहिले नेपाली बजारलाई पनि क्रिसमसले छोपीसक्यो । बजारमा सान्टा क्लज र टोपी बजारमा छ्याप्छ्याप्ती देख्न सकिन्छ । रेष्टुरेन्ट र क्लबहरुमा क्रिसमसको रंगिन चित्रहरु छन् ।
यसपालीको क्रिसमसमा संसारको सबैभन्दा धेरै जनसंख्या भएको चीनमा सान्टा क्लज बेच्न प्रतिबन्ध छ । क्रिसमस ट्री, टोपी, पुष्पहार, मोजा र सान्टा क्लज बेच्ने र किन्ने दुबैलाई सजाय हुने त्यहाँका एजेन्सीले जनाएका छन् ।
हो, चिनियाँ राष्ट्रपति सि जिनपिङको धर्म र विदेशी संस्कृतिविरुद्ध लडाई अभियानको रुपमा यसलाई हेरिएको छ त्यहाँ । किनभने त्यहाँका ५ प्रतिशत ईसाई धर्म मान्ने चिनियाँहरुले आफ्नै क्रिसमसको परम्परा पनि बनाएका छन् । क्रिसमस इभ आज साँझ उनीहरु स्याउ खान्छन्, यसो गर्नुको कारण भनेको शुभ संकेत हो ।
चिनियाँ स्थानीय अधिकारीले सबै चीजहरुमा प्रतिबन्ध लगाएका छन्। जारी गरिएको सूचनामा सरकारी कर्मचारीले सार्वजनिक क्रिसमस प्रदर्शन र उत्सव समारोहको बारेमा आफूभन्दा उच्च पदमा सूचित गराउनु पर्ने, क्रिसमससम्बन्धी कुनैपनि सामाग्री बेच्ने नपाईने भनिएको छ ।
नेपालमा कसरी मनाईन्छ ?
क्रिश्चियन धर्मका संस्थापक यशु ख्रिस्टको जन्मजयन्तीका अवसरमा चर्चमा प्रार्थना, भेटघाट गरी क्रिसमस मनाइन्छ । यस अवसरमा काठमाडौं उपत्यकाका ठमेल, दरबारमार्ग, बौद्ध, भक्तपुर, ललितपुरलगायत स्थानमा विभिन्न कार्यक्रम पनि गरिन्छन् । यशुको शिक्षा एवं उपदेशको चर्चा गर्नाका साथै, प्रेम प्रकट गर्दै उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु–स्वास्थ्यको कामना गरिन्छ, यो पर्वमा। यशु ख्रिस्टको शुभ जन्म दिनको खुशियालीमा हरेक वर्ष डिसेम्बर २५ का दिन संसारभर विशेष महत्वका साथ यो पर्व मनाइन्छ । नेपालमा ख्रिस्टियन इतिहास ४०० वर्ष भन्दा पुरानो रहेको विश्वास गरिन्छ । हाल देशभर १३ हजारभन्दा बढी चर्च र ३० लाखभन्दा बढी ख्रिस्टियन समुदाय रहेको राष्ट्रिय ख्रिस्टियन महासंघले जनाएको छ । एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया