काठमाडौं – वि. सं २०७२ सालको बिनाशकारी भूकम्पमा परि ९ हजार भन्दा धेरैले ज्यान गुमाए । २२ हजार भन्दा धेरै घाइते भए । हजारौँ मानिसहरु घरबार बिहिन बने । लाखौँको संख्यामा घरहरु भत्किए भने हजारौँको संख्यामा मठ मन्दिर र ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरु नष्ट भए । यसैबिच भूकम्पले काठमाडौंको सुन्धारामा रहेको ९ तले धरहरा पनि भत्किएको थियो । तर भूकम्पपछिको साढे ४ वर्षसम्म पनि नवनिर्मित धरहराको पहिलो तला मात्रै बनेको छ । २०२० अक्टोवर ६ सम्म निर्माण सकिइसक्नुपर्ने धरहराको ३० प्रतिशत मात्रै काम सकिएको छ ।
लोकपथको लेन्सबाट यस्तो देखियो निर्माणाधीन धरहरा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया